काठमाडौं साउन -३० -कांग्रेस नेता एवं पुर्व मन्त्री खुमबहादुर खडकालाई सर्वोच्च अदालतले भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद र ९४ लाख ७५ हजार जरिवाना र त्यही बराबरको बिगोको फैसल गरेको छ । ३० साउनमा भएको फैसलाले खडकाले सार्वजनिक पदको दुरुपयोगगरी अकुत सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अभियोग प्रमाणित भएको छ ।
खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ कार्तिक २०५९ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । खड्कामाथी पटक-पटक पदको दुरुपयोगगरी २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पत्ति आर्जन गरेको र खड्काकी श्रीमती र छोरीको नाममा रहेको सम्पतीको पनि स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको थियो ।
त्यतिखेर खड्कालाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराको इजलासले २०६३ कार्तिकमा सफाई दिएको थियो । उक्त फैसला विरुद्ध अख्तियारले खड्का विरुद्ध २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
श्रोत : हिमाल खबर