मोर्चा गठनले दुर्घटना निम्ताउछ ः अध्यक्ष खनाल ।
काठमाडौ साउन ३० गते । बिभिन्न दलका युवा नेताहरुले मुुलुकमा जारी संबैधानिक संकट तथा राष्ट्रिय सहमतिको लागी पहल गर्न मुख्य दलका शिर्षनेतृत्वलाई आग्रह गरेका छन् । बिभिन्न दलसम्बद्ध युवा नेताहरुले आज एमाले अध्यक्ष झलनाथ खनालसंग छलफल गर्दे मुलुकलाई राजनीतिक संकटबाट मुक्त गर्नका लागी पहल शुरु गर्न आग्रह गरेका हुन् । सत्तारुढ दलले सत्ता टिकाउन बिभिन्न चलखेल गरेको भन्दै एमाले अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण समेत गराएका छन् ।
जवाफमा एमाले अध्यक्ष खनालले एकिकृत माओबादीले दलहरुविच मोर्चाबन्दी गरेर मुलुकलाई दुर्घटनातर्फ लैजान खोजेको आरोप लगाउनुभयो । अहिलेको समय मोर्चा गठनका लागी उपयुक्त नभएको भन्दै सत्तारुढ दलले गठन गर्न लागेको मोर्चा प्रति एमालेको आपत्ती भएको खनालको भनाइ थियो ।
छलफल पछि युवा नेताहरुले मुलुकलाई संक्रमणकालीन अबस्थाबाट पार लगाउन सबै शिर्ष नेताहरुको ध्यानाकर्षण गराउने बताएका छन् । छलफलमा एमालेका रबिन्द्र अधिकारी , काग्रेसका गगन थापा लगाएका युवा नेताहरुको सहभागीता रहेको थियो ।
युवा स्वरोजगार कोषको कार्यालय घेराउ ।
काठमाडौ साउन ३० गते । सत्तारुढ दलका कार्यकर्तालाई अनियमित तरिकाले रकम बाडेको भन्दै विपक्षी दलका कार्यकर्ताहरुले आज युवा स्वरोजगार कोषको कार्यालयमा २ घन्टा घेराउ गरेका छन् ।
अनियमितता रोक्न र छानविन गरी दोषीलाई कानुन अनुशार कारबाही गर्न माग गर्दै बिहान ९ बजे देखि ११ बजेसम्म अनामनगरमा रहेको कोषको कार्यालय घेराउ गरिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
कोषमा भएको अनियमितता रोक्न भन्दै विपक्षी दलका युवा संगठनहरुले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा पनि घेराउ गरेका छन् ।
बनेपामा प्रधानमन्त्रीलाई कालोझन्डा ।
काभ्रे, साउन ३० गते । प्रधानमन्त्री बाबुराम भट्टराईलाई बिपक्षी दलका कार्यकर्ताहरुले काभ्रेको बनेपामा आज कालो झण्डा देखाएका छन् । काठमाण्डौ विश्वविद्यालयको कार्यक्रममा भाग लिन जाने क्रममा नेपाली काङग्रेस र एमाले सँबद्ध तरुण तथा विद्यार्थी सँगठनका कार्यकर्ताले कालो झण्डा देखाएका हुन् ।
घटनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीसँग भएको झडपमा २ जना प्रदर्शनकारी घाईते भएका छन् । प्रधानमन्त्रीले तत्काल राजिनामा दिनु पर्ने माग सहित काँग्रेस र एमालेका भातृसंस्थाहरुले बिगत केहि समय यता आन्दोलन गर्दे आएका छन् ।
महोत्तरीको जलेश्वरमा एक किशोरीको हत्या, हत्यको रहस्य खुलेना ।
महोत्तरी साउन ३० गते । महोत्तरीको जलेश्वरमा एक किशोरीको हत्या भएको छ । जलेश्वर नगरपालिका १२ मलिवाडा निवासी गुलाब मिश्रकी १५ वर्षकी छोरी पुजा कुमारी मिश्रको हत्या भएको दावी प्रहरीले गरेको छ ।
हत्या कसले र किन गरेको भन्ने खुल्न सकेको छैन । उहाँको मृत शरीर मसान घाटमा जलिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । शव फेला पारेपछि पुजाका आमाबुबा बेपत्ता भएका छन् । पुजाको हत्या सुनियोजित रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विदेशका खबर
जापान नजिक ठूलो भुकम्प ।
एजेन्सी, साउन ३० गते । जापानको दक्षिणी क्षेत्रको समुद्री भागमा आज ठूलो भुकम्प गएको छ । जापानी भुगर्भ विभागका अनुशार भुकम्पको तिव्रता ७ दशमलव ३ रेक्टर स्केल मापन गरीएको छ । जापानको ओक्होटस्कको समुद्र नजिकको उक्त स्थान तथा रुसको पूर्वि क्षेत्र नजिक भुकम्प गएको हो ।
जापानी मौसम विज्ञान विभागका अनुशार सो क्षेत्रदेखी ५ सय ९० माीटर गहीराइमा भुकम्पको केन्द्रबिन्दु रहेको छ । आवादी क्षेत्रभन्दा केहि पर गएको उक्त भुकम्पको क्षतिवारे हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।