Responsive Ad Slot

latest

सन्ध्या ग्रुप अल्खोर कतारद्धार बधाई तथा शुभकामन I

Monday, July 23

/ by Admin BHOLA THAPA
भोला थापा क्षेत्री, अल्खोर कतार जुलाई २१,

सन्ध्या ग्रुप अल्खोरले आङ्खनो संस्थाको पदपूर्ती र नवोदित साहित्यिक मोवाइल पुस्तकालय कतारको नवनिर्वाचित कार्यसमितिहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गत विहीवार आÏनै निजी सभा हलमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष थर्चा लामाको सभापतित्वमा उक्त कार्यक्रममा संस्थाका संरक्षक विष्णु केसी प्रमुख अतिथीमा रहनुभएको थियो भने नवोदित साहित्यिक मोवाईल पुस्तकालयका हालै नवनिर्वाचित कवि तिर्थ संगम राई विषेश अतिथीमा तथा अतिथीहरुमा राजन लामा, सुरज तामङ , समाज सेवी योग लिम्बु रहेका थिए । कार्यक्रममा सभापति प्रमुख अतिथी तथा अतिथीहरुबाट ब्यानर उद्घाटन गरिएको थियो । उक्त बधाई तथा शुभकामना कार्यक्रमलाई अगाडी बढाउदै संस्थाका कोषाध्यक्ष सन्तोष कुमार केसीले स्वागत मन्तब्य राखेको थिए ।

त्यसै गरि ग्रुपको भखैरै मात्र नव नियुक्ति भएका पदअधिकारीहरुलाई सभापति ,प्रमुख अतिथी,अतिथी ले खादा तथा अविर लगाइएको थियो भने संस्थाका संरक्षक विष्नु केसीद्धार सपथ खुवाएका थिए । जसमा महासचिव चन्द्र कुमार थापा प्रथम उपाध्यक्षमा, तथा सचिव राजेन्द्र खनाल महासचिवमा बढुवा भएका छन् भने अन्य नया सदस्यहरु दिनेश श्रेष्ठ , सकुर , प्रेम प्रसाद सापकोटा , राजन लामालाई कार्यसमितीमा नियुक्ति भएका छन ।

कार्यक्रममा नवनिर्वाचीत नवोदित मोवाईल पुस्तकालयका अध्यक्ष तिथ संगम राई लाई प्रमुख अतिथी केसी तथा अतिथी सुरज तामङद्धार प्रसंशा पत्र वितरण गरेका थिए । यसै क्रममा सस्थापक अध्यक्ष सुरज तामङ , राजन लामा , मुग्लानी सौगात द्धैमासिक पत्रिकाका बाचन श्रृंखालाका संयोजक दिलीप अविरलद्धारा आ–आÏनो शैली बाट शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रममा नवोदित साहित्यिक मोवाईल पुस्तकालयका नव निर्वाचित पदाअधिकारीलाई संस्थाका संरक्षक विष्णु केसी तथा सुरज तामाङद्धार खादा तथा अविर लगाएर बधाई तथा शुभकामना दिइएको थियो । सम्पूर्ण पदाअधिकारीहरुले संध्या ग्रुपको नव नियुक्त सदस्यहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रमलाई अगाडी बढाउदै संस्थाका भर्खरै मात्र कार्यसमितीमा नियुक्ति भएका गायक दिने श्रेष्ठले आफैले कम्पोज गरेको ‘होस हराएको वेलामा वेहोसीमा रम्न देउ....’ वोलको गितमा सवैलाई मनोरन्जन दिलाएका थिए । संस्थाका राजेन्द्र खनालले सम्पुर्ण शुभकामना तथा मुग्लानी सौगातलाई यहा सम्म पुराउनको लागि सहयोग गर्नु भएका सम्पुर्ण नवोदित साहित्यिक मोवाईल पुस्तकालयका कार्यसमिती लगायत सम्पुर्ण सदस्यहरुलाई धन्यवाद ब्यत गरे उनले आगामी अगष्ट १७ तारिख का दिन दोहाको टप फर्म रेण्टुरेन्टमा मुग्लानी सौगात वाचन श्रृंखलाको १२ डबली अर्थात वार्षिकीमा खुल्ला गजल प्रतियोगीता गर्ने जानकारी गराए ।

यसै गरि महासचिव चन्द्र कुमार थापाले पनि आÏनो छोटो मन्तब्य ब्यक्त गरेका थिए । भने विषेश अतिथी कवि राईले मुग्लानी सौगात संन्धा गु्रप अल्खोर कतारलाई हर पाईलमा साहयता दिने प्रतिबद्धता जनाएका थिए । कवि राईले सम्पुर्ण नयाँ नियुक्त सदस्यहरुलाई समाज प्रति तथा सन्ध्या गु्रप अल्खोर कतारलाई सक्दो कार्यमा सहयोग पुराउन आग्रह गर्दै आÏनो कविता वाचन गरेका थिए ।

कार्यक्रममा नवोदित साहित्यिक मोवाईल पुस्तकालयका पदाधिकारीहरुले मन्तब्य सगै आफ्ना रचना वाचन गरेका थिए । ‘काडा सरि जिन्दगी तिमी नभए विग्रीन्थो नि मेरो वानि तिमी नभए...’इन्द्रमणि नेपालले वाचित गजलको शेर हो यो । यसैगरि सिताराम थापा गजल, प्रकाश पौडेल गजल , राजेश्वर ढकाल गजल , दिलीप अविरल रुवाई , चर्चित ढुङगेल गजल , प्रेम सापकोटा गजल साथै अन्य उपस्थित सर्जकहरुले गजल,कविता,गित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका सस्थाका संरक्षक विष्णु केसीले नवोदित साहित्यिक मोवाईल पुस्तकालयको नव निवार्चित पदाधिकारीहरुलाई हार्दिक शुभकामना साथ सन्ध्या ग्रुप तथा मुग्लानी सौगातका सम्पुर्ण सदस्यहरुलाई सस्थालाई निरन्तरता दिई अगाडी बढ्न आग्रह गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति तथा संस्थाका अध्यक्ष थर्चालामाले सम्पुर्णलाई शुभकाना तथा हादिक बधाई ब्यक्त गर्दै मुग्लानी सौगातको गजल प्रतियोगीता लाई सफल बनाउन प्रचार प्रसार गर्न सबैमा अनुरोध गर्दै उक्त कार्यक्रम समापन भएको घोषण गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI