एकीकृत माओवादी नेताहरुको कार्यविभाजन महाधिवेशन आयोजक समितिले गर्ने ।
काठमान्डौ साउन ११ गते । एकीकृत नेकपा माओवादीको आज बसेको केन्द्रीय कार्यदलको बैठकले महाधिबेशन आयोजक समितिले नै पार्टीका नेताहरुको जिम्मेवारी बाँडफाँड गर्ने निष्कर्ष निकालेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा विहान बसेको बैठकले विस्तारित बैठकका निर्णय कार्यान्वयन र नेताहरुको जिम्मेवारी बाँडफाँड महाधिबेशन आयोजक समितिले नै गर्ने निष्कर्ष निकालेको हो । महाधिवेशन आयोजक समितिको बैठक यही साउन १७ गते बोलाउने निर्णय पनि आज भएको छ ।
अस्तिको लागि बोलाइएको महाधिवेशन आयोजक समितीको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक सङ्कट समाधानको लागि पनि दलहरुसँगको छलफललाई तीब्रता दिने सहमति भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रीय कार्यदलको बैठकमा सातौं विस्तारित बैठकका निर्णय कार्यान्वयनको बारेमा छलफल भए पनि त्यस बारेमा ठोस निर्णय नभएको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

आज ६३ औं हलोक्रान्ति दिवस ।
काठमान्डौ साउन ११ गते । आज ६३ औं हलोक्रान्ति दिवस, देशमा प्रजातन्त्रको उदय हुनुअघि विस २००६ साल साउन ११ गते लमजुङको दुराडाँडा ६ अर्चल्यानीको बाटेगरामा ब्राहमणहरुले सामूहिक रुपमा हलो जोतेको सम्झाना गरिदैछ ।
ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना ब्राहमणहरुले पहिलो पटक हलो जोतेका थिए ।
राणाशासनको विरोधमा हलो जोतेकोभन्दै तत्कालिन सरकारले सामूहिक हलो जोत्नेहरुलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हालेको थियो । पहिलोपटक २००६ सालमा दुराडाँडामा हलो जोतेपछि २००८ सालसम्ममा तनहुँ, कास्की, धादिङ, अर्घाखाँची, गोरखा र स्याङ्जामा पनि हलो जोत्ने क्रम सुरु भएको थियो ।
ब्राहमणहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पंण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले आज विभिन्न कार्यक्रम गर्दैछ । हलोक्रान्तिलाई राष्ट्रिय दिवसको रुपमा मान्यता दिन र पहिलो पटक हलो जोत्नेलाई क्रान्तिकारीको सम्मान दिन गरिएको मागमा भने राज्यले सम्बोधन गर्न नसकेको गुनासो सरोकारवाला निकायको छ ।

तीन दिनदेखि म्याग्दी, बाग्लुङ्ग र मुस्ताङ्गमा विद्युत अवरुद्ध ।
कमल खत्री,
म्याग्दी साउन ११ गते । गत मंगलवार रातिदेखिको वर्षाका कारण आएको पहिरोले पर्वतको श्रहर्षधारा पारीपट्टी रहेका पाँच वटा विजुलीका पोलहरुमा रहेको तार चुडाईदिँदा धौलागीरीको म्याग्दी, बाग्लुङ्ग र मुस्ताङ्गमा पुर्ण रुपमा विद्युत सेवा अवरुद्ध बनेको छ । विद्युत आपुर्ति बन्द भएपछी म्याग्दीमा दुई दिनदेखि प्रिपेड र पोस्पेड मोवाईल सेवा अवरुद्ध छ ।
विद्युत नहुँदा म्याग्दी, बाग्लुङ्ग र मुस्ताङ्ग गरी तीन जिल्लाका झन्डै २५ हजार नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अवरुद्ध हुँदा तीन जिल्लामा रहेका विद्युतिय संचार माध्ययमहरु तथा छापा संचारमाध्ययमसमेत प्रभावित बनेका छन् । त्यस्तै लामो समयसम्म पनी विद्युत सुचारु नहुँदा वैङ्क तथा वित्तिय संस्था, उद्योग, कलकारखाना, लगायत समेत प्रभावित बनेका छन् । पहिरोले पाँच विजुलीका पोलहरुको तार पुर्ण रुपमा चुडाईएको छ ।
हिजो नेपाल विद्युत प्राधिकरण बाग्लुङ्गबाट गएका प्राविधिकहरुको टोलीले मर्मत गर्ने प्रयास गरेपनी पहिरो खस्ने क्रम नरोकिएपछि मर्मत हुन सकेको छैन् । आज विहानैदेखि म्याग्दी र बाग्लुङ्गका विद्युत प्राधिकरणका प्राविधिकहरुद्धारा तार जडान कार्य सुरु गरीएको नेपाल विद्युत प्राधिकरण म्याग्दी शाखाका प्राविधिक ईन्चार्ज हरी सुनुवारले जानकारी दिनुभयो ।

१४ औं राष्ट्रिय महिला फुटबलको फाइनल प्रवेशका लागि सेना र प्रहरी भिड्दै ।
रौतहट साउन ११ गते । १४ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरतगत फाइनल प्रवेशका लागि आज सिमरा रंगशालामा दुई विभागीय टिम नेपाली सेना र नेपाल प्रहरीबीभ भिडन्त हुँदैछ । नेपाली सेनाले बाँके र नेपाल प्रहरीले बारालाई क्वार्टर फाइनलमा पराजित गर्दै सेमिफाइनलमा भेट पक्का गरेका हुन् ।
यसअघि हिजो रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा कैलालीलाई हराउदै शसस्त्र प्रहरी टिम एपीएफ फाइनलमा प्रवेश गरेको छ । शसस्त्र प्रहरीले झापालाई र कैलालीले रौतहटलाई पराजीत गर्दै सेमिफाइनलमा भेट पक्का गरेको थिए ।
अखिल नेपाल फुटबल संघको आयोजनामा असार ३० गतेखेखि चन्द्रनिगाहपुरमा सुरु भएको खेल साउन १३ गते सिमरामा सकिदैछ । प्रतियोगितामा ३ विभागीय टिम र २४ जिल्लासहित २७ टिमको सहभागिता छ ।
जसमध्ये १३ टिमको खेल चन्द्रनिगाहपुरमा र १४ टिमको खेल सिमरामा गराइएको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष नेपाल कार्कीले जानकारी दिनुभयो । प्रतियोतिमा पहिलो हुने टिमलाई तीन लाख, दोस्रो हुने टिमलाई एक लाख ५० हजार र सेमिफाइनलमा पुग्ने टिमलाई ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।