–भोला थापा क्षेत्री
भोलीको मिलनको आशमा
हरेक आजहरु तिम्रै सम्झनामा
बिलन हुने गरेको छ ।
कहिले तिम्रो प्रतिविम्वसंग कुरा गर्छु
कहिले तिमीसंग बिताएका पलहरु सम्झदै
रोमाञ्चित र उत्साहित हुन्छु,
खै किन यस्तो हुन्छ ?
प्रश्न आफ्नै मनले आफैलाई गर्छु ।
आंखा बन्द गर्छु तिमी म संग लिप्त हुन्र्छौ
आंखा खोल्छु तिमी बिलिन हुन्र्छौ
अनि
आंशुका ढिकाहरु आखाको ढिलबाट
बर्षात यामको वर्षा जस्तै
बरर बरर बरर र्बसीन्छन् ।
त्यहि आशुमा पनि तिम्म्रै प्रतिविम्ब देख्छु
तिमी स्तब्ध छेउ
मौन बाणी बुझ्न सक्दिन म
प््राश्न तेस्र्याउन नपाउदै तिमी हराउछेउ
यो शहरमा तिमीलाई खोज्न
कहाँ पुगिन होला र ?
कहिले जैद्धा पार्कमा
कहिले अलखोर गार्डेन
कहिले होमसाईडको बगरमा
घन्टौ घन्टौ टोलाएको छु ,
एक्लै बरबराएको छु
पागल प्रेमीले जस्तै ।
तर विडम्वना
समय म भन्दा धेरै अगाडी बढिसकेछ
म फेदमै रहेछु ऊ शिखर चुमीसकेछ
मेरो सच्चा प्रेमको प्रतिफल
धोकेबाजको पगरि गुथेर म भुपु भै सकेको रेछु
बर्तमानले त नेटो काटिसकेछ ।
मेरो चोखो प्रेम अंकुराउन नपाउदै बज्रपातमा
मर्नु न बाच्नुको दोसाधमा जिउदै रहेछ
निर्मोहीको यादमा जल्दैपो रहेछ ।
बसन्तपुर ३ तनहुँ
हाल दोहा कतार
हाल दोहा कतार
Email:bholathapa7@gmail.com