हरेराम उप्रेती
तनहुँ (आवुखैरेनी) साउन ८ गते । भक्तजनहरुलायए मनकामना जाने सवैभन्दा छोटो वाटो मा पक्कि पुल बन्ने भएको छ । सडक विभागको योजनाअनसुार वेलिवृज वन्ने ठाउँमा पक्कि पुल वन्न लागेको हो । दुइ तर्फ वाट सवारी साधन गुड्ने गरि पक्कि पुल वन्न लागेको हो ।
उक्त पक्कि पुलको टेन्डर असार पाँच गते शैलुन कन्ट्रकस्कन कम्पनी काठमाडौले पारेको आवुखैरेनी मनकामना मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक प्रसाद दुवाडी ले वताएका छन् । अहिले वर्खाको समय भएकाले असोजको पहिलो साता वाट पुल निर्माण कार्य थालनी गरिने दवाडिले वताए ।
गोरखा देउरालीको ५ रामशाह घाट र मनकामना ६ दोभान जोड्ने ८६ मिटर लामो पुल बन्न लागेको उहाँले जानकारी दिनुभयो । मनकामना जाने सवैभन्दा छोटो बाटो साँढे दश किलोमिटरको आवुखैरेनी वनौति मनकामना मोटर वाटो हो । उक्त पुल निर्माणका कार्यका लागी उच्च स्तरिय इन्जिनियर हरले सर्वे गरेपछि पुल निर्माणको टेन्डर प्रत्रिया अगाडी वढाइएको हो ।
उक्त वाटो निर्माण पछि केवलकार भन्दा उक्त वाटो बाट भक्तजन धरै हिड्ने उद्देश्यका साथ उक्त बाटो निर्माण गरिएको हो । मनकामना जाने अन्य वाटो अवुवा मनकामना स्याउली मनकामना लक्ष्मीवजार तिनमाने मनकामना भन्दा छोटो वाटो मा पुल निर्माण गर्न लागीएको हो । उत्त मुल वाटामा पुल निर्माण सँगै बनौति डाँडागाउँ ढाँडवारी क्युरिभाज्याङ सम्म का वाटो लाभान्वित हुने छन् । क्युरिभायाङयाङ वाट मनकामना मन्दिर पुक्न दुइ मिनट लाग्छ ।उत्तः पुल निर्माण पछि झण्डै पाँच वटा साखा वाटोहरु पनि उक्त मोटरवाटो वाट जाने हुँदा उत्तः पुल वाट मनकामना का संपुर्ण वडामा सवारी साधन जाने दुवाडी को भनाइ छ ।
मनकामनाको आरुवोट ९वनौति डाडागाउँ फीनौदि उम्लुङ झ्यापीडाडा दासर्ीङ सुन्तलावारी ग्याजा हटिया का वक्रेश्वरी वेतनी का वासीन्दा लाभान्वित हुने सोमराज गुरुङले जानकारी दिनुभएको छ । हामी यो वाटोमा पुल निर्मण पछि निकै खुसी र उत्साहि वनेको गरुङको भनाइ छ । पवित्र तिर्थस्थलमनकामना मन्दिर रहेको मनकामनाका का वासीन्दालाइ ब्यापारीक प्रयोजनका लागी पनि यो मोटरवाटोले काम गर्ने गुरुङले वताए ।