खोटाङ असार २७ – ऋण तिर्न नसकेर खोटाङ हौचुरका विष्णु परियारले आत्महत्या गरेका छन् । साहुबाट लिएको २४ हजार ४ सय ९२ रुपैयाँ तिर्न नसकेको तनाबमा हौंचुर–५ का ३७ वर्षिय परियारले आत्महत्या गरेका हुन् ।
उनले चिसापानीका गोबिन्द आचार्यबाट लिएको रकम असार २५ गते बुझाउनुपर्ने थियो । परियारले व्लन नामक बिष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।सदरमुकाम दिक्तेलको भानुचोकमा डेरा गरी सिलाई व्यवसाय सञ्चालन गर्दै आएका परियार भाकामा ऋण तिर्न नसकेपछि तनावमा रहेका उनकी श्रीमतिको भनाई उधृत गर्दै प्रहरीले बताएको छ ।