Responsive Ad Slot

latest

अमेरिकामा गर्मीले १ सय १७ वर्षंको रेकर्ड तोड्यो, औसत तापमान ३५ देखी ४२ डिग्री सेल्सियस I

Wednesday, July 11

/ by Admin BHOLA THAPA
एजेन्सी असार २७ गते । अमेरिकामा यो वर्षको गर्मीले १ सय १७ वर्षंको रेकर्ड तोडेको छ । अमेरिकामा गर्मी यामको मौसममा देशका विभिन्न १ सय ७३ स्थानंको औसत तापमान ३५ देखी ४२ डिग्री सेल्सियस पुगेको छ । यसरी गर्मी बढेका क्षेत्रहरुमा जाडो मौसममा शून्य देखी माइनस २५ डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने क्षेत्र पनि रहेका छन् । अमेरिका जस्तो चिसो हुने मुलुकमा यो तापमान असामान्य मानिएको छ । जुन महिना अमेरिकाको तापमानको इतिहासमा १० औं सुख्खा महिना बनेको छ ।
अमेरिकाको कोलोराडो ,युटाह जस्ता राज्यमा असामान्य गर्मी र सुख्खाका कारण जंगलमा आगलागीको खतरा पनि बढेको अधिकारीहरुले जनाएका छन् । वातावरण विज्ञहरुका अनुसार अमेरिकाको दक्षिणी र मध्य क्षेत्रमा हजारौं फिट माथि पश्चित तर्फ चल्ने हावाको दबाबका कारण असमान्य ढंगबाट गर्मी बढेको हो । यस्तै हावाको दबाबका कारण अमेरिकामा पछिल्लो चिसो मौसममा पनि असामान्य ढंगबाट अत्याधिक चिसो तापमान रेकर्ड गरिएको थियो । गर्मीका कारण यो वर्ष अमेरिकामा धेरै मानिसको मृत्यु समेत भइसकेको छ । अमेरिकामा सन् १८९५ देखी तापक्रमको रेकर्ड राख्न शुरु गरिएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI