तनहुँ खबर संवाददाता
३ जुलाई २०१२ दोहा नेपाल प्रवासी तामाङ समाजद्धारा साँस्कृतिक विभागमा रही सक्रिय रुपमा कार्यरत सदस्य तथा कलाकर्मी विणा लामालाई विदाई गरेका छ । उनी २ वर्ष देखि कतारमा कार्यरत रहँदै आएकी थिईन् । उनी दोहा आएदेखि नै संस्थाको साँस्कृतिक विभागमा आबद्ध भई समाजले गरेका विभिन्न साँस्कृतिक कार्यक्रम तथा ल्होछारमा नृत्य गर्देै आएकी थिईन् । उनी मितेरी फिल्मसमा पनि आबद्ध भई दोहामा आएका विभिन्न स्टेज कार्यक्रमहरुमा नृत्य प्रस्तुत गरिसकेकी हुन् ।

अध्यक्ष शंखलाल तामाङ, प्रमुख सल्लाकार सुक वहादुर तामाङले खादा ओढाई कदर पत्र प्रदान गरि सम्मान तथा विदाई गरे । साथै समाजका अन्य पदाधिकारी तथा सदस्यहरुले पनि खादा ओढाई शिघ्र स्वास्थ्यको लाभ तथा यात्राको शुभकामना दिए । उनी स्वास्थ्यका समस्याका कारण दोहा नफर्कने गरी नेपाल जान लागेकी हुन् । कार्यक्रम संचालन समाजका सचिव सुशिल तामाङले गरेका थिए ।