एजेन्सी, साउन १४ गते । सीरियाको दोस्रो ठूलो शहर एलेप्पोमा सरकारी सेनाले भिषण आक्रमण गर्न थालेपछि अन्तराष्ट्रिय समूदायले गम्भिर चिन्ता व्यक्त गरेका छन् । पश्चिमा मुलुकहरुले एलेप्पो शहरमा जारी हिंसा तत्काल रोक्न माग गर्दै सर्वसाधारणको घरघरमा घुसेर नरसंहार नगर्न सीरिया सरकारलाई अनुरोध समेत गरेका छन् ।
हिंसा जारी रहेको एलेप्पो सहर
बिद्रोहीहरुले कब्जामा लिएकाले सरकारले उक्त शहरमा आक्रमण जारी राखेको हो ।
सिरिया सरकारले एलेप्पोमा आफ्नो नियन्त्रण पुन कायम गर्न पुरै शक्ति
लगाईरहेको जनाईएको छ । घनाबस्ती रहेको एलेप्पो शहरमा संघर्षका कारण धेरै
मानिस मारिईसकेका छन् भने हजारौं मानिस पलायन भएका छन् । संयक्त
राष्ट्रसंघका मानवअधिकार निकाय प्रमुख नेभी पिल्लेले सिरीयामा सम्भावित
ठूले युद्धको सम्भावनालाई लियर चिन्ता व्यक्त गरेका छन् ।
उनले सर्वसाधारणको जीवन रक्षाका लागि
संघर्षरत पक्षहरुलाई आग्रह गरेका हुन् । सिरीयामा राष्ट्रपति बशार अल
असादको शासन विरुद्धको संघर्षका क्रममा हजारौ्र मानिस मारिईसकेका छने पलायन
हुनेको संख्या पनि हजारौं छ ।