Responsive Ad Slot

latest

ताप्लेजुङमा कञ्चनजंघा च्यालेन्ज कप फुटवल प्रतियोगिता

Tuesday, July 31

/ by Unknown
इन्द्र बजगाई,  साउन १६ गते ।।। ताप्लेजुङ ताप्लेजुङमा जारी कञ्चनजंघा च्यालेन्ज कप फुटवल प्रतियोगितामा देखिएको विवाद साम्य पार्न गएराति बसेको बैठलले खेललाई जारी राख्ने सहमति गरेको छ । खेल सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा बसेको सर्वपक्षीय बैठकले खेल सुचारु राख्ने सहमति गरेको हो । निर्णय अनुसार हिजो डियर क्लब तरहरालाई हराएर जीतमा उक्लिएको एपिएफले अर्को खेलबाट विपक्षी टिमलाई वाकओभर दिएर जिताउनु पर्ने छ, भने लाठी चार्जमा घाइते भएका तरहराका खेलाडीको उपचार खर्चमा समेत सहजीकरण गर्नुपर्ने छ । जात्रामा अवाञ्छित क्रियाकलाप हुन नदिन सुरक्षा सतर्कता अपनाउने र सुरक्षा मजबुत पारी खेलाडी तथा खेलप्रेमीहरुलाई कुनै संकट हुन नदिने निर्णय भएपछि आयोजक, खेललाई जारी राख्न सहमत भएको लाखेजात्रा खेल सञ्चालन समितिका कोषध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । डियर क्लव तरहरा तथा एपीएफ ताप्लेजुङबीच सम्पन्न हिजोको अन्तिम खेल सकिए लगत्तै एपीएफका एक खेलाडीले तरहराका खेलाडी सुर्वर्ण लिम्बुलाई हातपात गरेको विषयलाई लिएर तनाब भएको थियो । तनाव साम्य पार्न सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा  तरहराका खेलाडी दिनेश थापा मगर घाइते भएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI