उदयपुर असार २८ गते । अप्सरा समाल, सामान्य बर्षातसँगै परेको चट्याङले लागेर उदयपुरको त्रियुगा नगरपालिका १७ गैरुनका एक युवतीको ज्यान गएको छ । घरबाट सदरमुकाम गाईघाट तर्फ आउने क्रममा हिजो साँझ २८ बर्षिया घोली सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । कालिखोला नजिक परेको चट्याङले लाग्दा सदाको शरिरको भागहरु डढेको छ । सदाको शव जिल्ला अस्पताल उदयपुरमा पोष्टमार्टमका लागि राखिएको छ । उनको शव आज मात्रै पोष्टमार्टम गरिने भएको छ ।