Responsive Ad Slot

latest

सरकारले बजेट बारे छलफल गर्दै, मन्त्रिपरिषद् बैठक सिंहदरबारमा ।।

Thursday, July 12

/ by Unknown
 काठमाडौं असार २८ गते ।   आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले चार जना सह सचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । खाली सिटका लागि बढुवा समितिले १२ जनाको नाम सिफारिस गरेकोमा बैठकले चार जनाको नाम सिफारिस गरेको हो । बढुवा हुनेहरूमा धनबहादुर तामाङ, दुर्गानिधि शर्मा, ज्ञानदर्शन उदास र सूर्य सिलवाल रहनुभएको सूचना तथा सन्चार मन्त्री राजकिशोर यादवले जानकारी दिनुभयो । यसैगरी बैठकले विश्व बैंकले सुनौला हजार दिन कार्यक्रमका लागि तीन अर्ब ४८ करोड, पुल सुधार तथा मर्मत कार्यक्रमका लागि ५ अर्ब ३१ करोड, ६ मेगावाटको बुढी गण्डकी जलाशययुक्त आयोजनाका लागि कुवेत फन्डबाट १ अर्ब ५८ करोड ऋण सहयोग लिने निर्णय पनि गरेको छ ।



 
Don't Miss
© all rights reserved
made with by netKUTI