Responsive Ad Slot

latest

पहिरो पीडितलाई ८० हजार राहत ।

Sunday, July 1

/ by Unknown
बागलुङ असार १७ गते । अविरल बर्षासँगै आएको पहिरोमा पुरिएर हटियामा मृत्यु भएका तीन जनाको परिवारलाई जिल्ला प्रशासन कार्यालयले ८० हजार रुपैयाँ राहत रकम दिएको छ । पहिरोमा मृत्यु हुनेम हटिया ३ की पवित्रा खत्री र सोही घरमा डेरा गरी बस्ने रेश ८ की लक्ष्मी सुनार र उहाँको छोरा सुदिप सुनारका आफन्तलाई जनही २५ हजारका दरले ७५ हजार र घर पुरिए वापत ५ हजार रुपैयाँ प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, अनुसन्धान प्रमुख याम प राजुली लगायतको टोली घटनास्थल पुगेर मृतकका आफन्तलाई रकम हस्तान्त्रण गरेका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI