अछाम असार ३० गते । पूर्णबहादुर खड्का,अछाम जिल्लाको जनाली वण्डाली गाविसको उप स्वास्थ्य चौकीको नव निर्मित भवन चुहिन थालेपछि समस्या भएको छ । यसैबर्ष निर्माण सम्पन्न भई स्वास्थ्य व्यवस्थापन समितिलाई हस्तान्त्रण गरिएको भवन बर्षायामको सुरुवातमै चुहिन थालेपछि सेवा दिन पनि असहज भएको स्वास्थ्य सस्थाले जनाएको छ । भवन चुहिएपछि औषधी पनि भिजेकोले स्वास्थ्य व्यवस्थापन समितिको बैठकले छतमा प्लाष्टिक हाल्ने निर्णय गरेको समितकिा अध्यक्ष खड्के कामीले बताउनुभयो । नेपाल रेडक्रस सोसाईटी आशा कार्यक्रम गाविसको अनुदान र स्थानिय जनश्रमदान गरी १४ लाखको लागतमा बनेको भवन गुणस्तरहिन भएकाले चुहिएको हो । भवन निर्माण समिसथका अध्यक्ष गंगा कमीले भने मापदण्ड अनुसार नै निर्माण गरिएको बताउनुभयो । दुईजना प्राविधिकको सल्लाह अनुसार नै सामान प्रयोगगरी भवन निर्माण गरिएको उहाँले दावी गर्नुभयो ।