Responsive Ad Slot

latest

लमजुङमा नेकपा माओवादीको कार्यालय स्थापना

Saturday, July 7

/ by Admin BHOLA THAPA
असार २३  ( लमजुङमा एक बर्षअघि एकीकृत नेकपा माओवादीले खरिद गरेको घरमा नवगठिन नेकपा माओवादीको कार्यालय स्थापना गरिएको छ । संविधान सभाका निवर्तमान सदस्य एवं तत्कालीन पार्टी सहईन्चार्ज बुद्धिराम गुरुङ र मोहनहरि पौडेलको अगुवाईमा शनिवार कार्यालय स्थापना गरिएको हो ।पार्टी कार्यालय स्थापनापछि नेकपा माओवादीले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि आफ्नो पार्टी कार्यालय स्थापना गरिएको जनाएको छ । पार्टीले खरिद गरेको भए पनि यो घर तत्कालिन सह–ईन्चार्ज रहेका मोहनहरि पौडेलको ब्यक्तिगत नाममा कायम छ । चार आना जग्गामा रहेको आठ कोठाको घर एकीकृत नेकपा माओवादीका नेताहरुले आवासको रुपमा प्रयोग गर्दै आएका छन् । घर नियन्त्रणमा लिएर कार्यालय स्थापना गरेको बारेमा एकीकृत नेकपा माओवादीले भने आपत्ति जनाएको छ ।एकीकृत नेकपा माओवादी लमजुङका ईन्चार्ज देवेन्द्र पराजुलीले सो घर कुनै ब्यक्तिको नभई एकीकृत माओवादीकै सम्पत्ति भएको बताउँदै नेकपा माओवादीले कार्यालय स्थापना गर्न नमिल्ने बताउनुभयो । नवगठित माओवादीले असहतिकै बीचमा कार्यालय स्थापना गर्ने र एकीकृत नेकपा माओवादीले भने त्यसलाई सहज रुपमा स्वीकार नगर्ने परिस्थिति बन्दा दुई पक्षबीच विवाद बढदै गएको छ । संगोलमै खरिद गरेको घर कुन पक्षको हुने भन्ने बिषयमा दुई पक्षबीच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।यसैबीच, नवगठित नेकपा माओवादीले एकीकृत नेकपा माओवादीले राष्ट्रघात गरेको भन्दै लमजुङमा भण्डाफोर अभियान थालनी गर्ने भएको छ ।नेकपा माओवादीे लमजुङले राष्ट्रघात र भष्ट्राचारको मुद्धा तल्लो कमिटी र आम जनसमुदायसम्म लैजाने निर्णय गरेको हो । माओवादी लमजुङका ईन्चार्ज मोहनहरी पौडेलले एकीकृत नेकपा माओवादी भित्रका राष्ट्रघाती, नव संशोधनबादी र भष्ट्राचारीको नाम सार्वजनिक गरी भण्डाफोर गर्ने बताउनु भयो ।ईन्चार्ज पौडेलले एकीकृत नेकपा माओवादीले क्रान्ति र जनतालाई धोका दिएको कुरा आम कार्यकर्ता माझ पु¥याउने र समाजमा रहेका सबै भ्रष्टाचारीको नाम छिट्टै सार्वजनिक गर्ने गरिने समेत जानकारी दिनुभयो ।नेकपा माओवादीले लमजुङ, तनहुँ र गोरखा जिल्लाको भेला तनहुँको डुम्रेमा आयोजनागरी जिल्लास्तरको जिम्मेवारी र कार्यक्रम तय गरेको हो । लमजुङमा मोहनहरी पौडेललाई ईन्चार्ज, बुद्धिराम गुरुङलाई सेक्रेटरी र सतिमाया तामाङलाई सह–सेक्रेटरीको जिम्मेवारी तोकिएको छ । यसअघि पौडेल र गुरुङ एकीकृत नेकपा माओवादीको सहईन्चार्ज र तामाङ राज्य समिति सदस्य पदमा थिए । बाँकी पदहरुको भने बाडफाँड गरिएको छैन । लमजुङमा झण्डै सय जनाको एकीकृत नेकपा माओवादीको जिल्ला संगठन समितिमा करिब एक तिहाई र २२ जनाको राज्य समितिमा आधा संख्यामा बैद्य पक्ष रहेका थिए ।
ल्भधक अगत
Don't Miss
© all rights reserved
made with by netKUTI