Responsive Ad Slot

latest

आज १ सय ९९ औं भानु जयन्ती ।।

Friday, July 13

/ by Unknown
काठमाडौं  असार २९  गते । आज १ सय ९९ औं भानु जयन्ती, देशभरमा विभिन्न कार्यक्रम गरेर आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइदै छ । भानु जयन्तीको अवसरमा भानु प्रतिष्ठानको आयोजनामा अहिले राजधानी काठमाडौंमा प्रभातफेरी निकालएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी बिभिन्न भागको परिक्रमा गरी फेरि प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा पुगेर विशेष सभामा परिणत हुनेछ । सभाको प्रधानन्त्री डा बाबुराम भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । भानुजयन्ती भव्यताका साथ मनाउन भानु प्रतिष्ठानले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । देशभरमा रहेका शैक्षिक तथा साहित्यिक सङघसंस्थाहरुले पनि भानुजयन्तीको अवसर पारेर छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर भानुभक्तको कृति र ब्यक्तित्वको बारेमा छलपलल गर्दैछन् । विक्रम सम्वत १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मनु भएका भानुभक्त आचार्यले नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्य नेपालका राष्ट्रिय विभूति हुनुहुन्छ । भानुभक्तले संस्कृत भाषामा रचित रामायणलाई नेपाली भाषामा अनुबाद गर्नुभएको थियो । भाषाका माध्यमबाट नेपाललाई एकीकृत गर्नमा भानुभक्तको भूमिका उल्लेख्य मानिन्छ । आचार्यका बधुशिक्षा, प्रश्नोत्तर, भक्तमाला, लगायत कृतिहरु प्रसिद्ध छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI