Responsive Ad Slot

latest

लन्डन ओलम्पिकमा चीनको अग्रता कायमै ।

Tuesday, July 31

/ by Unknown

काठमाडौ  साउन १६ गते । लन्डन ओलम्पिक अन्र्तगत तेस्रो दिनको खेल सकिदा चीन नै शीर्ष स्थानमा यथावत रहेको छ । पछिल्लो पदक तालिकामा चीनले १७ पदक जितेको छ ।
त्यसमा ९ स्वर्ण, ५ रजत र ३ कास्य पदक सामेल छन् । समान १७ वटै पदक जितेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

अमेरिकाले पाँच स्वर्ण, ७ रजत र ५ कास्य पदका जित्दै दोस्रो स्थानमा यथावत रहेको  हो ।
यसैगरी तीन स्वर्ण सहित कुल सात पदक जित्ने फ्रान्स तेस्रो र तीन स्वर्ण सहित ४ पदक जित्ने उत्तर कोरिया चौथो स्थानमा पुगको छ ।

यसैविच भारतले जारी लन्डन ओलम्पीकमा पहिलो पदक जितेको छ ।
भारतका गगन नारंगले १० मिटर एयर राइफलमा कास्य जित्दै भारतको पोल्टामा पदक पारेका हुन । फाइनलमा गगनले ७ सय १ दशमलब १ प्वाइन्ट जोडेका थिए । उनी भन्दा १ प्वाइन्टले अगाडि रहेका रोमानियाका अलीन जार्ज मालदोवियानूले स्वर्ण पदक चुम्न सफल भए ।
यसैगरी इटलीका निकाले कैपरियानीलाई सबैभन्दा उत्कृष्ट दाबेदार मानिएपनि उनल ७ सय १ दशमबल ५ प्वाइन्टका साथ रजत पदकमा सिमित भए ।
Don't Miss
© all rights reserved
made with by netKUTI