इलाम, १५ साउन ।इलाम नगरपालिकाले हरेक बर्ष प्रदान गर्दै आएको उत्कृष्ट नगर पत्रकारिता पुरस्कारबाट इलामका दुइजना पत्रकारहरु आज पुरस्कृत भएका छन् । ‘नगरपालिका उत्कृष्ट पत्रकारिता पुरस्कार २०६९’ बाट इलामबँट प्रकाशित इलाम पोष्ट दैनिकका सम्पादक सटेन्द्र जवेगु र कान्तिपुर दैनिकका इलाम संवाददाता विप्लव भट्टराईराई नगद सात हजार पा“च सय रुपैया र सम्मानपत्रले पुरस्कृत गरेको हो ।
सदरमुकाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष शिव गाउ“लेले सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । नगरपालिकाको विकास, वातावरण तथा पर्यटन क्षेत्रस“ग सम्बन्धित उत्कृष्ट लेख र समाचार सम्पे्रषण गरी पत्रकारीता मार्फत महत्वपूर्ण योगदानेपाल पत्रकार महासंघ इलाम शाखाको सिफारिसमा उहाँहरुलाई सममान गरिएको नगर अधिकृत अग्नि अधिकारिले बताउनु भयो । २०६७ सालमा नगरपालिकाले स्थापना गरेको सो पुरस्कारबाट वर्षेनी जिल्लाका दुई उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । यसअघि नगरपालिकाले सो पुरस्कारबाट रेडियो नेपालका उमेश गुरुङ्ग, राजधानी दैनिकका कोकिला ढकाल, नागरीक दैनिकका रोशन सा“वा र नेपाल टेलिभिजनका विजयशेखर भट्टराई पुरस्कृत गरिसकेको छ ।
सोहि कार्यक्रमको अवसरमा नगरपालिकाले संचारको पहुँचभन्दा टाढा रहेको तथा आर्थिक बिपन्न भएका नगर क्षेत्रभित्रका एक सय जना बृद्धबृद्धाहरुलाई रेडियो वितरण गरेको छ । नगरका गतिविधि र हरितनगर अभियान विस्तारमा रेडियो श्रवणले सहयोग पुरयाउने भन्दै ५० हजार बराबरको रेडियो वितरण गरिएको कार्यालयका शाखा अधिकृत रामकुमार शाहले जानकारि दिनुभयो । रेडियो बितरण गतसालबाट दिन थालेको हो ।