बविता परियार, उदयपुर साउन ४ गते । उदयपुरका अधिकांश कार्यालय र पसलमा पाना नम्बर नराख्ने गरेको पाईएको छ । व्यावसाय सञ्चालनको लागि राजश्व कार्यालयबाट लिएको दर्ताको प्रमाणपत्र र पाना नम्बर सर्वसाधारणहरुले देखिने ठाँउमा राख्नुपर्ने प्रावधान भए पनि सदरमुकाम गाईघाटलगायत जिल्लाको मुख्य व्यापारिक केन्द्रहरुमा व्यापारीहरुले पाना नम्बर नराख्ने गरेको भेटिएको हो । त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष सूर्यनारायण साहले व्यापारिहरुलाई पटक पटक पाना नम्वर राख्न आग्रह गर्दा पनि व्यापारीहरुले अटेर गरेको बताउनुभयो । विना दर्ता होटल, पसल तथा कुनैपनि व्यवसाय सञ्चालन गर्न नपाईने प्रावधान रहेपनि कार्यान्वयन हुन नसक्दा व्यापारिहरुको मनोमानि बढेकोछ । उद्योग बाणिज्य संघले नियमित अनुगमन नगर्दा व्यापारिहरुले कर छलेर मुनाफा कमाउने गरेका छन् । सदरमुकाम गाईघाट, कटारी, बेल्टार, मुर्कुचि, नेपालटार जलजलेलगाएतका स्थानहरुमा कतिपय व्यापारिहरुले विना ईजाजत व्यवसाय सञ्चालन गरिरहेका छन् यस विषयमा सरोकारवाला निकायहरु मौन रहेका छन् ।