बिष्णुप्रसाद भण्डारी, रेडियो शैलेश्वरी, डोटी काठमान्डौ असार २७ गते । डोटी सिलगडीमा कुकुरलाई निःशुल्क स्थायी बन्ध्याकरण अभियान सुरु भएको छ । डोटीको दिपायल सिलगडी नगरपालिका र जिल्ला पसु सेवा कार्यालय डोटीको संयुक्त प्रयासमा अभियान सुरु गरिएको हो । अभियानबाट एक हप्ता भित्र जिल्ला सदरमुकाम सिलगढी क्षेत्रमा रहेका करिब एक सय भन्दा बढी कुकुरहरुको बन्ध्याकरण गरिने पशु चिकित्सक डा.हेमराज अवस्थिले बताउनुभयो । प्राणघातक रोग रेवीज नियन्त्रण गर्न तथा कुकुरहरुको संख्यामा कमी ल्याउन अभियान सहयोगी हुने बताइएको छ । कुकुरहरुको संख्या जती कम भयो त्यतीनै स्याल, फ्याउरो, चमेरो आदी जंगली जनावरहरुसँग कुकुरको सम्पर्क कम हुने भएकाले कुकुरको संख्या नियन्त्रणबाट पनि रेवीज रोग नियन्त्रण गर्न सकिने पशु चिकित्सकहरुले बताएका छन् ।