असार २४ – प्रधानमन्त्री डा। बाबुराम भट्टराई र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेबीच भेटवार्ता भएको छ । बिजुक्छे निवास भक्तपुरमा बिहान भएको भेटमा पछिल्लो राजनीतिक अवस्था र बजेटको विषयमा छलफल भएको छ ।पत्नी हिसिला यमी सहित बिजुक्छे निवास पुगेका प्रधानमन्त्री भट्टराई र बिजुक्छेबीच करिब ४० मिनेट कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री डा। भट्टराईले बिजुक्छे ‘अनुभवी नेता भएकाले वर्तमान राजनीतिक समस्याबो निकासका लागि राय सुझाब लिन आएको’ बताउनुभयो ।भेटमा बिजुक्छेले मुख्य दलहरु मात्र बसेर निर्णय गर्ने र अरु दलको उपेक्षा गर्ने कार्य नगरी सबै दलका नेताहरुलाई बोलाएर सुझाब लिएर अगाडि बढ्न सुझाब दिएको बताउनुभयो ।प्रधानमन्त्री भट्टराईले बजेट आउने कुरामा दुबिधा नभएको बताउनुभयो । ‘बजेट रोकेर देशको विकास कसैले छेक्छ भन्ने मलाई विश्वास छैन’, उहाँले भन्नुभयो, ‘दलका नेताहरुसँग छलफल सुरु गरेको छु, तसर्थ अब सहमति मै बजेट आउँछ ।’विमान व्यवस्थापनको जिम्मा भारतलाई दिने निर्णय नभएको उहाँले बताउनु भयो ।