तनहुँखबर
प्रेम लामा तनहुँखबर संवाददाता,
दोहा-वैदेशिक रोजगारीका सिलसिलामा कतारमको सनैया स्ट्रि नं १८ देव्रेपट्टिको अद जाहिद हयबी इक्वाइपमेन्ट कम्पनिमा कार्यरत मल्याङ्गकोट २ धुलिचौर स्याङ्गजा निवासी ४४ वर्षिया भीम बहादुर थापा मगरको यही जुन २४ तारिखका दिन होम साईड स्थित ग्रिन टप इन्टरनेशनल कम्पनीको डिउटीको समयमा आफैले चलाउने क्रेनबाट क्रेनको ज्याकमा सन्तुलन गडबडी भई कार्यस्थलमा नै दुर्घटनमा परि ज्यान गुमाएको छ । मृतक भीम बहादुर विगत ३ वर्ष देखि सोही कम्पनीमा कार्यरत रहँदै आएका थिए । मृतकको घरमा २ छोरी २ छोरा श्रीमति र बृद्धा आमा बुवा रहेका छन् । मृतको श्रीमति मोति बिन्दुरोगबाट पिडीत रहेका मृतककै गाउँका भाई मनु विश्वकर्माले बताए । घरको सम्पूर्ण ब्यवहार मृतकै कमाईबाट चलिरहेको थियो । अव उनको परिवारको विचल्ली हुने भयो । हाल मृतकको लाशलाई हमाद हस्पिटलमा राखिएको छ । कम्पनीले मृतकको लाश नेपाल पठाउन सहयोग गर्ने भनेपनि अहिलेसम्म पठाएको छैन् । यो दुःखद घटनाको कारणले उनको परिवारमा निकै शोकमग्न अवस्थामा रहेको छ । मृतकको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले दोहास्थित सम्पूर्ण विभिन्न सामाजिक संघ संस्था तथा समाजसेवी, बुद्धिजिवीलाई आ आफनो क्षेत्रवाट सक्दो सहयोग गर्नको लागि अपिल गरिएको छ । सहयोग उपब्लध गराउन चाहाने महानुभावहरुले उनकै गाउले भाई मनु विश्वकर्मा मोवाईल ६६१५२९२० मा सम्पर्क गर्न सकिनेछ ।