शान्ति छन्त्याल,
बागलुङ, असार १८ गते । ढोरपाटन शिकार
आरक्ष कार्यालयमा हिजो साँझदेखि अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।
ढोरपाटन शिकार आरक्षकै आयोजनामा डाकिएको जनसमन्वय गोष्ठीमा कार्यालयकै
प्रमुख उपस्थित नभएपछि बागलुङ, म्याग्दी, र रुकुमका नागरिक समाजका अगुवा,
विभिन्न राजनीतिक दलका प्रतिनिधी, स्थानियबासिन्दालगायतको टोलीले
सदरमुकाममा मात्र सिमित रहेका कार्यालयका कर्मचारीहरु अनिबार्य रुपमा
उपस्थित हुनुपर्ने, तीनै जिल्लाका नागरिक समाजसंग समन्वय हुनुपर्ने, शिकार
आरक्ष क्षेत्रमा बन्यजन्तुले पु¥याएको क्षतिको उचित क्षतिपूर्ति
पाउनुपर्ने, पर्यटन विकासको पूर्वाधार निर्माण गरिनुपर्नेलगायतका विभिन्न
दश सुत्रिय माग राख्दै आरक्ष कार्यालयमा तालाबन्दी गरेका हुन् । कार्यालयमा
३२ जनाको दरबन्दी रहेपनि ४÷५ जना कर्मचारीमात्र उपस्थित हुने गरेकाले
आवश्यक सुरक्षाको प्रत्याभुति दिलाउन नसकेको गुनासो गुनासो आएको छ ।