Responsive Ad Slot

latest

पाल्पाका १८ गाविसमा अविार्य शिक्षा कार्यक्रम ।।

Thursday, July 12

/ by Unknown
पाल्पा  असार २८ गते ।  जिल्ला शिक्षा कार्यालय पाल्पाले जिल्लाको दुर्गम मानिएका १८ गाविसलाई निशुल्क तथा अविवार्य आधारभुत शिक्षा कार्यक्रम सुरु गरेको छ । “विद्यालय पहुँचमा सबै बालबालिका ” भन्ने सरकारको कार्यक्रमलाई सार्थक बनाउन जिल्लाका विभिन्न १८ गाविसलाई छनौट गरिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । जिल्लाका दुर्गम मानिएका पुर्बको सहलकोट, खालिबन, मित्याल, ज्यामिरे, देबीनगर, फोक्सिनकोट त्यस्तै पोखराथोक, गोठादी, खानीगाउँ, कोलडाँडा, कचल, फेक, सिद्धेश्वर, बल्ढेङगढी, मुझुङ, देउराली र बौघागुम्बालाई छनौट गरी तयारी सुरु गरिएको जिल्ला शिक्षा कार्यालयका उपसचिव दीपेन्द्र ढकालले जानकारी दिनुभयो । गाविसमा कार्यक्रम प्रभावकारी बनाउन अहिले गाउँ शिक्षा समिति तथा प्रचारप्रसार समिति गठन भइरहेको छ ।कार्यक्रममा स्टेशनरी, विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति तथा परिबारमा आर्यआजनका लागि आर्थिक अनुदान दिइनेछ । आगामी बर्ष जिल्लाका अन्य गाविसमा यही कार्यक्रम सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी बिष्णुबहादुर द्धारेले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI