Responsive Ad Slot

latest

नदीमा आएको बाढीका कारण चार गाविसमा खाद्यान्न ढुवानीमा समस्या

Monday, July 30

/ by Unknown
कमल खत्री ÷म्याग्दी, साउन, १५ गते । असार अन्तिम हप्ता कालीगण्डकी नदीमा आएको बाढीका कारण बेनी–जोमसोम सडकखण्डस्थित भीरकाटेमा सडक भत्किएपछि म्याग्दीका चार गाविसमा खाद्यान्न ढुवानीमा समस्या उत्पन्न भएको छ । नेपाली सेनाले बम प्रयोग गरि ठुलो चट्टानभित्रबाट निकालेको करिब एकसय ५० मिटर सडक भत्किएपछि दुईहप्तादेखि बेनी–जोमसोम सिधा यातायात अबरुद्ध बनेको छ ।

भत्किएको स्थानमा बैकल्पिक मार्ग नहुँदा शिख, घार, भुरुङतातोपानी र दाना गाविसमा खाद्यान्न ढुवानी गर्न समस्या उत्पन्न भएको हो । डोरीको सहारामा यात्रा गर्नसकिने भएपनि भारी बोकेर आवतजावत गर्न सकिने अवस्था नभएको स्थानीय श्याम बहादुर गर्बुजाले बताउनुभयो । यी चार गाविसलाई जिल्लाको पर्यटकीय गाविसको रुपमा चिनिन्छ । नियमित रुपमा खाद्यान्न ढुवानी गर्न नपाउंदा आफुहरु समस्यामा परेको गर्बुजाले बताउनुभयो ।

‘पहिरोले यस क्षेत्रमा ठुलो समस्या ल्याएको छ, त्यसमाथि पनि बाटो भत्कंदा हामीलाई पार्नुसम्म पीर पारेको छ, उहाँले बताउनुभयो  । तीन महिना अघि नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको सडक खुलाउन स्थानीय यातायात व्यवसायीले माग गरेपनि विभागले तत्काल मर्मत गर्न नसक्ने जनाउंदै भौतिक र मानवीय क्षति रोक्न भीरकाटेदेखि माथि सवारी साधन सञ्चालन नगर्न परिपत्र गरेको छ ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिले विभिन्न ठाउँमा झरेको पहिरो हटाएर अस्याथी रुपमा भीरकाटेसम्म सवारी साधन सञ्चालन गरिरहेको जनाएको छ । ‘नियमित रुपमा खाद्यान्न आपुर्ति नहुँदा समस्या भईरहेको छ, भुरुङतातोपानीका सचिब नविन सुवेदीले भन्नुभयो , ‘बैकल्पिक मार्ग निर्माणका जिल्ला विकास समितिले सहयोग गर्नुपर्छ ।’

पर्यटकीय भुरुङ तातोपानीमा दैनिक उपभोग्य बस्तुको अभाव देखिदै गएपछि व्यवसायीहरुले चिन्तित बनेको उनले बताए । ‘पहिले भन्दा सामानको मुल्यपनि आकाशिएको छ, त्यसमाथि सामान नै पाईदैन्, उनले भने । ६० हजार रुपैयाँको लगानीमा वैकल्पिक मार्गमा साघु निर्माण गरि खाद्यान्न ढुवानी गर्ने तयारी भईरहेको जिविसले जनाएको छ ।

कठिन स्थानमा अस्थायी रुपमा काठको साघु निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै ठेकेदार शोभित शेरचनले केहि दिनभित्रै घोडा खच्चड मार्फत ढुवानी हुने बताए । ‘त्यसपछि सर्वसाधारणलाई यात्रा गर्नपनि सहज हुन्छ, खाद्यान्न पनि नियमित ढुवानी गर्न सकिने उहाँले बताउनुभयो  ।
Don't Miss
© all rights reserved
made with by netKUTI