कपिल ज्ञवाली
बुटवल, असार २१
पूर्व जनमुक्ति सेनाका प्रबक्ता चन्द्र प्रकाश शर्मा बलदेबले ७ बुदें सहमतिको समिक्षा गर्ने बेला आएको बताउनुभएको छ । दलहरुबिच भएको ७ बुदे सहमतिको जग नै बलियो नभएको भन्दै उहाले हिजोबाट शुरु भएको सेना समायोजनको दर्ता प्रकृयामा समेत ७ बुदेले समस्या पारेको बताउनुभयो । पूर्व पि एल ए संघ नेपालको अबध मधेश स्तरिय भेला तथा प्रशिक्षणका क्रममा बुटवल आएका बलदेबले आज बुटवलमा पत्रकारसंग कुराकानी गर्दै बलदेबले यस्तो बताउनुभएको हो । उहाले नेपाली सेनाको पृष्टभूमि र जनमुक्ति सेनाको पृष्टभूमि फरक फरक भएकाले सेना समायोजनको दर्ता प्रकृयामा भएको अप्ठ्यारोका कारण समायोजनमा जानेको संख्या घट्न सक्ने उहाको भनाइ छ ।बाईट..........
उहाले पूर्व जनमुक्ति सेनालाई एक ढिक्का गरेर बलियो संगठन बनाउने तयारीका लागि आफू बुटवल आएको जानकारी दिनुभयो । उहाले समायोजन रोजेका ३ हजार १ सय २३ मध्ये सेना समायोजनको दर्ता प्रकृयामा २५ सय देखि २६ सय सम्म जान सक्ने अनुमान गर्नुभयो । एमाओबादीका पोलिटब्यूरो सदस्य समेत रहेका बलदेबले नया संरचनामा रहने पूर्व पि एल ए संघ वाईसिएल जस्तो नहुने र उनिहरुको सामुहिक रुपमा बसाई रहने जानकारी दिनुभयो ।