कपिल ज्ञवाली
कपिल ज्ञवाली
बुटवल, असार १९
५ दिने धार्मिक भ्रमणका लागि रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले आज बुटवलका २ मन्दिरमा पूर्जा अर्चना गर्नुभएको छ । सयौं समर्थकमाझमा बिहान ११ बजे बुटवल २ को गणेश मन्दिरमा पुग्नुभएका पूर्वराजा झण्डै १५ मिनेट सो मन्दिरमा रहेर गणेश मन्दिरमा पूर्जा अर्चना गर्नुभएको थियो ।सो अबसरमा सयौं सर्बसाधारण तथा सर्मथकले राजाको जयजकार गरेका थिए ।
त्यस्तै गरि मध्यान्न १२ बजे बुटवल १४ को मुक्तिनाथधाममा पुग्नुभएका ज्ञानेन्द्र झण्डै डेढ घण्टा मन्दिरमा रहेर पूजा अर्चनाका साथै मन्दिरको बारेका जानकारी लिनुभएको थियो । पूर्वराजा ज्ञानेन्द्रले १ सय ८ धारामा स्नान गरि गणेश,हनुमान,२७ फिट अग्लो शिब ज्र्याेतिलिङ्ग तथा तथा मुक्तिनाथ मन्दिरको दर्शनका साथै पूजा अर्चना गर्नुभएको थियो । सो क्रममा पूर्वराजा ज्ञानेन्द्रले धामका प्रमुख संरक्षक लोकानन्द स्वामि र भागवत भाष्कर कमल नयन गौतमका करकमलबाट टिका प्रसाद ग्रहण गर्नुभएको थियो ।
सो अबसरमा छोटो प्रतिक्रिया दिदै पूर्वराजाले मुक्तिनाथ मन्दिर आफूलाई निकै राम्रो र आर्कषक लागेको बताउनुभयो । उहाले ४ बर्षमा मन्दिरमा भएको बिकास निर्माण निकै ठूलो रहेको बताउनुभयो । पूर्व राजाको सुरक्षाका लागि प्रशासनले निकै कडा रुपमा प्रहरी परिचालन गरेको थियो । ज्ञानेन्द्रलाई स्वागतका लागि स्थानिय सर्बसाधारणहरु हातमा फूलमाला सहित करिब २ किलोमिटर लामो लाईनमा बसेका थिए ।
नयागाउबाट फर्केपछि ज्ञमोन्दै शाह बुटवलको पुष्पलाल पार्कबाट मिलनचोकसम्म पैदल हिडेर सर्बसाधारणका गुनासा सुनेका थिए । पूर्वराजा ज्ञानेन्द्र धार्मिक भ्रमणका लागि भन्दै असार १७ गते भैरहवा आई १८ गते कपिलबस्तुका २ मन्दिरमा दर्शनका लागि पुग्नुभएको थियो ,त्यस्तै गरि आज रुपन्देहीको मर्चबारमा जाने कार्यक्रम रहेको बताईएको छ । भोलि काठमाडौं फर्कने कार्यक्रम छ ।