असार २४ ( एकीकृत नेकपा माओबादी खोटाङले जिल्लाका कांग्रेस कार्यकर्तामाथि आफ्नो कार्याकर्ताले आक्रमण नगरेको दाबी गरेको छ । कांग्रेस केन्द्रीय समितिले नेपाल तरुण दल खोटाङका उप–सभापति विजय गुरुङको घरमा आगजनी तथा संघका जिल्ला सह–सचिव भीमसेन गुरुङ र गाउँ इकाई समितिका सदस्य सुमन गुरुङमाथि खुकुरी प्रहार गरेको आरोप लगाएपछि माओबादीका जिल्ला सेक्रेटरी सुरेश राईले आईतबार बिज्ञाप्ती जारी गर्दै यस्तो दाबी गर्नुभएको हो ।कांग्रेस जिल्ला समितिले घट्नाका दोषी पत्ता लगाई कारबाहीको माग गरिरहेकाबेला केन्द्रीय समितिले आफुलाई निराधार आरोप लगाएको भन्दै माओबादीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।गत असार–१३ गते नेपाल तरुण दलका जिल्ला उप–सभापति एवं बाँझे च्यानडाँडा गाउँ कार्यसमितिका सभापति विजय गुरुङको घरमा आगो लगाईएपछि यथार्थ बुझ्ने क्रममा आफ्ना कार्यकर्ता नीरकुमार कट्वालमाथि पटक–पटक हातपात गरिएको र कट्वालको आफन्तहरुको प्रतिकारमा नेपाल विद्यार्थी संघ जिल्ला सह–सचिव भीमसेन गुरुङ र गाउँ इकाई समितिका सदस्य सुमन गुरुङ घाईते भएको माओबादीले स्पष्ट पारेको छ । आफुमाथि लगाएको आरोप निराधार, गैरजिम्मेवार र षडयन्त्रमूलक भएको भन्दै माओबादीले गलत प्रचार प्रसार गरी घट्नालाई राजनितीकरण नगर्न कांग्रेसलाई आग्रह गरेको छ । माओबादीले घट्नाको यतार्थ बुझ्न सबैलाई आग्रह गर्दै उपचार गराईरहेका कांग्रेसका घाईते कार्याकर्ताहरुको स्वास्थ्यलाभको कामना गरेको छ ।माओवादीका कार्यकर्ताबाट आफ्ना नेता तथा कार्यकर्ताको घरमा आगो लगाउने, खुकुरी प्रहार गर्नेलगायतका कार्य गरिएको भन्दै कांग्रेस केन्द्रीय समितिले शनिबार बिज्ञाप्तीमार्फत सच्चिन चेतावनी दिएपछि माओबादी जिल्ला कमिटिको यस्तो प्रतिकृया आएको हो । माओबादीले नेपाल तरुण दलका जिल्ला उप–सभापति एवं बाँझे च्यानडाँडा गाउँ कार्यसमितिका सभापति विजय गुरुङको घरमा गत असार–१३ गते माओवादीका कार्यकर्ताले पेट्रोल छर्की आगो लगाईदिएको तथा असार–१५ गते नेपाल विद्यार्थी संघ जिल्ला सह–सचिव भीमसेन गुरुङ र गाउँ इकाई समितिका सदस्य सुमन गुरुङमाथि नै खुकुरी प्रहार गरी हात काटिदिएको कांग्रेसको आरोप छ ।घाईते तीन जना मध्ये दुईको त्रि।वि।शिक्षण अस्पताल, महाराजगञ्ज र तरुण दल गाउँ इकाई समितिका सदस्य नवराज गुरुङको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको कांग्रेसले जनाएको छ ।