तनहुँ असार १७ गते ।
तनहुँको
भानु–६ स्थित मजुवा ओख्ले सामुदायिक वन उपभोक्ता समितिल्े बृक्षारोपण
गरेको छ । जिल्ला वन कार्यालयको सहयोगमा करिब १ सय रोपनी खाली जग्गामा १
हजार २ सय अम्रिसो विरुवाको बृक्षारोपण गरिएको हो सो अवसरमा स्थानीय
बुद्धिजिवी , संघसस्था ,शिक्षक तथा वन समितिका गरि कुल २५० जनाको सहभागिता
रहेको थियो । साथै अम्रिसो रोपण कार्यक्रममा मनकामना गण भानु–६ बाट समेत
सहयोग प्राप्त भएको सो समितिका अध्यक्ष ओमराज परियारले जानकारी दिनुभयो ।