Responsive Ad Slot

latest

इन्जिनियर्स एशोसियशनको स्वर्णमहोत्सव ।।

Friday, July 13

/ by Unknown
काठमाडौं  असार २९  गते ।नेपाल इन्जिनियर्स एशोसियशनले आफ्नो स्वर्णमहोत्सव आजबाट साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ । ‘समृद्ध नेपालको गन्तव्यमा इन्जिनियरको अविचलित यात्रा’ भन्ने नाराका साथ आजबाट साउन ३ गतेसम्म बिभिन्न कार्यक्रम गरी स्वर्णमहोत्सव मनाउन लागिएको हो । नेपाल इन्जिनियर्स एशोसियशनले आज पहिलो दिन यूएन पार्कमा बृक्षरोपण गर्दैछ । स्वर्ण महोत्सव मूल आयोजक समितिका अध्यक्ष महेन्द्रबहादुर गुरुङले स्वर्ण महोत्सवमा खुशीयाली दौड, रक्तदान, परिसम्बादलगायत कार्यक्रम गरिने जानकारी दिनुभयो । साउन ३ गते काठमाडौंको प्रज्ञाभवन कमलादीमा हुने स्वर्ण महोत्सव समारोहमा देशभरबाट १ हजार ५ सय इन्जिनियर र विदेशबाट २५ जना इन्जिनियर सहभागी हुने बताइएको छ । नेपालका इन्जिनियरहरुको छाता सङ्गठनको रुपमा बिक्रम संवत् २०१९ साल साउन ३ गते नेपाल इन्जिनियर्स एशोसियशन स्थापना भएको थियो । साउन ३ गतेलाई इन्जिनियर दिवसको रुपमा पनि मनाउने गरिएको छ । नेपाल इन्जिनियर एशोसियसनमा हाल साढे १३ हजार इन्जिनियर आवद्ध छन् । सरकारी तथ्याङ्क अनुसार नेपालमा इन्जिनियरहरुको संख्या १९ हजार छ । नेपालमा ३३ वटा इन्जिनियरिङ कलेजबाट हरेक वर्ष ३ हजार इन्जिनियर उत्पादन हुने गरेका छन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI