Responsive Ad Slot

latest

एलपी ग्याँस विनियमावली संशोधनको तयारी ।।

Thursday, July 26

/ by Unknown
साउन ११ गते । सरकारले एलपी ग्याँस विनियमावली संशोधनको तयारी गरेको छ । एलपी ग्याँस विनियमावली २०६५ मा रातो रङ्गबाहेक अन्यमा ग्याँस बिक्री वितरण गर्न नपाउने उल्लेख भएकोले त्यसलाई संशोधन गर्ने तयारी सुरु भएको हो । घरायसी र व्यवसायिक प्रयोजनकालागि नीलो र रातो रङ्गका फरक–फरक सिलिन्डर बनाएर भदौ १ गतेदेखि उपभोक्ता ग्याँसकार्ड वितरण गर्ने सरकारको लक्ष्य थियो । ग्याँस आपूर्ति सहज पार्नभन्दै सरकारले दिएको निर्देशन कानून विपरित भएकोले विनियमावली संशोधन गर्न व्यवसायीले माग गरेका थिए । उद्योगी व्यवसायीको माग अनुसार विनियमावली तत्काल परिवर्तन गरी आवश्यक कानूनी व्यवस्थाको तयारी भइरहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव दीपक सुवेदीले जानकारी दिनुभयो । ग्याँस उद्योगीको असन्तुष्टिको विषयमा छलफल गरी निचोडमा पुग्न नेपाल आयल निगमलाई निर्देशन दिइसकेको उहाँले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI