कपिल ज्ञवाली बुटवल, असार २६पर्यटन प्रवद्र्धन आर्थिक विकासको मेरुदण्ड भएकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र विकासका लागि प्याकेज कार्यक्रम सञ्चालन गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।पर्यटन विकासका लागि राज्यको समेत उचित ध्यान जान नसकेको महशुस गर्दै उनीहरुलाई सरकार, निजी क्षेत्र र सरोकारवाला निकायहरु हातेमालो गरेर अघि बढे पर्यटन विकास मुलुकको आर्थिक सबलीकरणको माध्यम बन्न सक्ने उनीहरुको भनाई छ ।टुरिजम मिडिया क्षेत्र लुम्बिनीले आज बुटवलमा आयोजना गरेको “लुम्बिनीको पर्यटन विकासमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । लुम्बिनी अञ्चलका ऐतिहासिक पर्यटकीय स्थल तथा सांस्कृतिक सम्पदाहरु उचित रेखदेख, प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेकाले त्यस्ता पर्यटकीय स्थलहरुको विकासमा सरकारको ध्यान जानुपर्ने उनीहरुले बताएका छन् । कर्यक्रममा बोल्दै बुटवल नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर रायमाझीले पर्यटकीय विकासका लागि भौतिक पूर्वाधारको विकासमा पनि जोड दिनुपर्ने बताउँदै यसका लागि सामूहिक प्रतिवद्धता र साझेदारीको खाँचो औंल्याउनुभयो । नगरको सुन्दरताका लागि फोहोरमैला व्यवस्थापनमा नगरपालिकाको विशेष ध्यान जाने गरेको छ नगरको सैन्दर्यता नै पर्यटकको आकर्षणको केन्द्र हुने भएकाले यसतर्फ नगरपालिका क्रियाशिल रहेको उल्लेख गर्दै पर्यटक प्रवद्र्धनका लागि सञ्चालन हुने कार्यक्रममा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
प्र्यटक व्यवसायी एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपालले पर्यटन क्षेत्रलाई उद्योगकको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउनुभयो । पर्यटक प्याकेज कार्यक्रम सञ्चालन गर्न सके त्यसले लुम्बिनी अञ्चलका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र प्रचारप्रसारमा योगदान पुग्ने उहाँको भनाई छ ।टुरिजम मिडिया फोरमका सल्लाहकार डी.आर. घिमिरेले पर्यटक प्रवद्र्धन हुने गरी ऐतिहासिक जितगढी किल्लाको विकासको लागि राज्यद्वारा छुट्टिएको बजेट समेत फ्रिज भएको उदाहरण दिंदै आर्थिक विकासको सबैभन्दा बढी संभावित पर्यटनको क्षेत्र रहेकाले यसको विकासमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
संस्थाका संयोजक यमलाल भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवाली, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष लोकराज पोखरेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव समुन्द्र जिसी, यातायात मजदुर तथा व्यवसायी भलाई कोषका अध्यक्ष नारायण भट्टराई, राष्ट्रिय उद्यमशीलता तथा भलाई कोषका अध्यक्ष मोहन भुसाल, संस्थाका सह(संयोजक विष्णु घिमिरे, सचिव लक्ष्मण पौडेल लगायतले लुम्बिनी भ्रमण वर्षको आधार समय बितिसक्दा समेत पर्यटकीय गतिविधि शुन्य रहेको भन्दै पर्यटन प्रवद्र्धनका लागि स्थानीय सहभागितामा कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।