कपिल ज्ञवालीबुटवल असार २२ नेकपा माओबादी अबध राज्य समितिले कार्य विभाजन गरेको छ । आज वुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो पार्टिले राज्य समितिको इन्चार्जमा चन्द्रहरी सुवदी अटल लाई जिम्मेवारी दिइएको वताएको हो । सेक्रेटरीमा उमा भुजेल सिलु रहनु भएको छ । सह सेक्रेटरीमा चन्द्रवहादुर चन्द विरजंग र असोक लम्साल अनुकुल रहनु भएको छ । त्यस्तै जवस मोर्चाको इन्चार्जमा वाला थापा कृतीलाई जिम्मेवारी दिइएको छ । त्यस्तै रुपन्देहीको इन्र्चाजमा वसन्त श्रेष्ठ, सह इन्चार्ज नेत्रनारायण सर्मा रवि र सक्रेटरीमा वन्धु चन्द रहनु भएको छ । त्यस्तै कपिलवस्तुको इन्र्चाजमा विरजंग र सह इन्र्चाज टेकवहादुर पुन संगम र सेक्रेटरीमा विश्व वराल अनुप रहनु भएको छ । नवलपरासीको इन्र्चाजमा अनुकुल र सेक्रेटरीमा विहानी रहनु भएको छ । पत्रकार सम्मेलनमा वताइए अनुसार सो पार्टिले पहिलो चरणमा पार्टि संगठनका वैठक, गठन तथा प्रशिक्षण , दोश्रो चरणमा सदस्यता नविकरण र जवस मोर्चाका भेला सम्मेलन गर्ने र तेश्रो चरणमा पार्टिका गाउ देखि राज्य समितिका सम्मका सम्मेलनका कार्यक्रम आयोजना गर्ने वताएको छ । यसै विचमा राष्टिय स्वाधिनताको मुद्धामा अन्र्तकृया, भेला, कोणसभा लगाएतका कार्यक्रम गरिने सो पार्टिले वताएको छ । पुसमा हुने महाधिबेशनलाई मध्यनजर गर्दै आबश्यक काम थालेको छ । नेकपा माओबादीले १९ र २० गते २ दिन बैठक गरेर आबश्यक तयारीका प्रकृयामुलक कामहरु थालेको छ ।