Responsive Ad Slot

latest

निजी लगानीको क्षेत्रलाई बढाउन विज्ञहरुको सुझाव

Tuesday, July 10

/ by Unknown
कपिल ज्ञवाली
बुटवल असार २६
देशको आर्थिक विकासका लागि धितो बोर्डमार्फत निजी लगानीको क्षेत्रलाई बढाउने राष्ट्रिय योजनालाई प्राथमिकताको सूचीमा राख्नुपर्ने आर्थिक क्षेत्रका विज्ञहरुले बताएका छन् ।
नेपालका सन्दर्भमा धितो बजारको क्षेत्र सकारात्क भएको बताउँदै अर्थ विज्ञहरुले त्यसका लागि बातावरण राज्यले तयार गर्नु पर्ने धारणा राखेका छन् । नेपाल धितोपत्र बोर्ड र बुटवल उद्योग बाणिज्य संघको आयोजनामा आज बुटवलमा सम्पन्न पँजीवजार सम्बन्धी जनचेतना अभिबृद्धि तथा लगानीकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनीहरुले सामूहिक लगानीको वातावरणको विकासका लागि धितोपत्र लगानी बोर्डमार्फत शेयर बिक्री वितरणलाई जनस्तरमा लैजानु पर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा “धितोपत्र बजारको आधारभूत पक्षः नेपालको सन्दर्भ” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका अधिकृत जीवन अगांईले बजारको पुँजीलाई लगानी क्षेत्रमा विस्तार गर्न स्टक मार्केटको अवधारणालाई व्यवस्थित गर्नुपर्ने बताउनु भयो ।
उहाँले धितोपत्र लगानीको अवधारणा केन्द्रमा मात्र सीमित भएकोतर्फ सचेत गराउँदै लगानी सुरक्षाको प्रश्न भने अझै अनुत्तरित भएको बताउनुभयो । कार्यक्रममा धितोपत्रको दोस्रो बजार कारोवार सेवा विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अधिकृत कृष्णराज पोखरेलले संगठित पुँजी लगानी परिचालनको धितो बजारको संस्थागत विकासमा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाँले अघिल्लो आर्थिक बर्षमा करिव ७ अर्व पुँजी परिचालन भएकोमा साधारण शेयर करिव २ अर्व रहेको जानकारी दिनुभयो । संघका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र कसजु, जीवन ओझा, नेपाल धितोपत्र बोर्डका नारायणप्रसाद शर्मा, सामुहिक लगानी योजनाका मेखबहादुर थापा, संघका महासचिव अनिल श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा धितोपत्र बजारमार्फत दीर्घकालीन पुँजीको दक्ष परिचालन, औद्योगिकीकरण तथा पूर्वाधार विकासमा सर्वसाधारणहरुको लगानी र स्वामित्वको बृद्धि, वित्तिय सन्तुलनको एकिकृत विकास, वित्तीय औजारको सही प्रयोग हुने बताउँदै त्यसमा सर्वधारण नागरिकहरुलाई लगानीमा आकर्षण गर्नुपर्ने कुरामा जोड दिइएको थियो ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI