Responsive Ad Slot

latest

प्राण–प्रतिष्ठा महोत्सब र बिष्णुपुराण सकियो नेपाल समाचार

Wednesday, July 4

/ by Admin BHOLA THAPA
कपिल ज्ञवाली
असार २०,बुटवल
मुक्तिनाथ धाम बुटवल १४ नयांगाउंमा संचालन भैरहेको प्राण–प्रतिष्ठा महोत्सब र बिष्णुपुराण आज सकिएको छ । आजबाट सर्बसाधारणका लागि मुक्तिनाथ मन्दिर दर्शन खुल्ला गरिएको छ । ५ दिनसम्म संचालन भएको महोत्सबमा हजारौंको संख्यामा श्रद्धालुको भिड लागेको थियो । महोत्सबको क्रममा मन्दिरमा १ हजार ८ कन्या र हात्तिबाट जर्लापण थथा सेचन गराईएको छ । २ करोडको लगानीमा निर्माण गरिएका मन्दिरमा गणेश , पार्बती , मुक्तिनारायण, हनुमान, भुमतादेबिको मूर्ति स्थापना गरिएको हो । बिष्णुपुराणमा भागवत भाष्कर पं कमलनयन गौतमले कथा बाचन गर्नुभएको छ । बिष्णुपुराणमा दान गर्नेको घुईचो बढ्दै गएकोे स्थानिय शक्ति प्रसाद सापकोटाले बताउनुभयो । २०६५ सालमा मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरबाट हेलिकप्टरबाट जलल्याई नयांगाउंमा सेचन गराई स्थान पवित्र पारी बिभिन्न प्रकारका मन्दिर निर्माण शुरु
गरिएको थियो । ५ दिने प्राण प्रतिष्ठा महोत्सब यस क्षेत्रमै पहिलो पटक गरिएको धामका प्रमुख संरक्षक लोकानन्द स्वामीले बताउनुभयो । हिजोमात्र पूर्वराजाले सो मन्दिरमा पूर्जा अचर्ना गर्नुभएको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI