प्रदीप चौधरी, , कपिलवस्तु असार ३० गते । आन्तरिक राजस्व कार्यालय कृष्णनगरले आर्थिक वर्ष ०६८÷०६९ मा गत आर्थिक वर्षभन्दा ५ करोड ४७ लाख ४० हजार बढी राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०६७÷०६८ मा २६ करोड ५२ लाख २० हजार राजस्व संकलन गरेको कार्यालयले यस वर्ष १२४.३४ प्रतिशत वृद्धि गर्न सफल भएको हो । कार्यालयले यस आर्थिक वर्षमा कूल ३२ करोड ७१ लाख ६० हजार राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालय कृष्णनगरले जनाएको छ ।