असार २४ ( सर्वोच्च अदालतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारी तयारीबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश भरतराज उप्रेतीको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नाममा आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा उपस्थित हुन आदेश दिएको छ ।सरकारले प्रतिस्पर्धा नै नगरि त्रिभुवन अन्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गरेको दावी सहित निर्णय खारेजीको माग गर्दै अधिवक्ता श्रीप्रसाद पण्डित, कृष्णप्रसाद भट्टराई र भूपाल बस्नेतले संयुक्त रुपमा रिट दायर गर्नुभएको थियो ।