कमल खत्री, काठमाडौं साउन १० गते । दुवै मृगौला खराव भएका म्यग्दीका गमबहादुर सेन्चुरीलाई उपचारका लागि आर्थिक अभाव भएको छ । सेन्चुरी भरतपुरको नयाँ मेडिकल कजेजमा उपचार गराइरहनु भएको छ । साढे दुई वर्षदेखि काठमाण्डौंको शिक्षण अस्पताल र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचाररत सेन्चुरीका दुवै मृगौला फेर्नुपर्ने र त्यसको लागि ९ लाख रुपैंयाँ खर्च लाग्ने डाक्टरले वताएपछि अव के गर्ने भन्ने पिरालोमा परेको सेन्चुरीका भाइ राजकुमारले बताउनुभयो । एक छोरा, एक छोरी र श्रीमतीसँग बस्दै आउनु भएका सेन्चुरीको एउटा घर वाहेक अरु केही छैन । वैदेशिक रोजगारीका लागि दुवई पुग्नु भएका सेन्चुरी त्यहाँ स्वास्थ्य परीक्षण गराउँदा दुवै मृगौला काम नगर्ने भएको थाहा पाएपछि घर फर्किनु भएको हो । उपचारमा सहयोग गर्न सेन्चुरीको परिवारले सबैसँग आग्रह गरेको छ । यसैबीच म्याग्दीको दग्नाम गाविस वडा नं ८ दर्मिजाका ३० वर्षीया सेन्चुरीको उपचारका लागि वेनीवाट ५० हजार २ सय रुपैंयाँ आर्थिक सहयोग प्राप्त भएको छ । वेनी अनलाइन डट कम डट एनपिको संयोजनमा निलगिरी विकास वैंकमा खोलिएको खातामा रकम संकलन भएको सहयोग संकलन समितिका सदस्य खिम बुढाले जानकारी दिनुभएको छ ।