काठमान्डौ असार २७ गते । प्रमुख दलका शीर्ष नेताहरुका कारण देशले निकास पाउन नसकेको भन्दै नेकपा, माओवादीले आज एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास घेर्ने भएको छ । दिउँसो २ बजे प्रचण्ड निवास लाजिम्पाटमा गएर उहाँको निवास घेराउ कार्यक्रम रहेको नेकपा,माओवादीले जनाएको छ । वितेको २ वर्षमा सभासदहरुले लिएको भत्ता फिर्ता, संयुक्त क्रान्तिकारी सरकार गठन, दिगो शान्ति स्थापना, महङ्गी तथा कालोबजारी नियन्त्रण लगायतका माग राखेर नेकपा, माओवादीले नेताहरुको घर घेराउ र भण्डाफोर कार्यक्रम सुरु भएको जनाएको छ । यसअघि नेकपा माओवादीले कांग्रेस सभापति र एमाले अध्यक्षको निवास घेराउ गरिसकेको छ ।