Responsive Ad Slot

latest

काम पुरा नगर्ने इलामका २१ विद्यालयको खाता रोकियो ।।

Wednesday, July 18

/ by Admin BHOLA THAPA
दिलकुमार लिम्बू,, इलाम साउन ३ गते । जिल्ला शिक्षा कार्यालय इलामले रकम निकासा दिएको भएपनि काम पूरा नगर्ने जिल्लाका २१ विद्यालयको खाता रोक्का गरेको छ । कार्यालकले नेपाल बैंक लिमिटेड इलाममा रहेको विद्यालयको खाता रोक्का गरेको हो ।  आर्थिक वर्ष  २०६७ ÷०६८ मा बहुतले भवन, दुई कोठे भवन निर्माण र मर्मतका लागि विद्यालयलाई रकम निकासा दिएको भए पनि काम सन्तोषजनक नभएकाले खाता रोक्नु परेको शिक्षा कार्यालयले जनाएको छ । सात विद्यालयले ताकिएको समयमा बहृुतले भवन निर्माण गरिसकेका छैनन् । ती विद्यालयहरुलाई दुई आर्थिक वर्षमा गरी २४ लाख रुपैयाँ प्रदान गरिएको छ । विद्यार्थी सङ्ख्या छानविन गरेर मात्र खाता फुकुवा गर्ने जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले जानकारी दिनुभयो । अघिल्लो शैक्षिक सत्रको विद्यार्थी सङ्ख्याको आधारमा रकम निकासी दिएपनि केही विद्यालयमा यो वर्ष भने कम विद्यार्थी भर्ना भएकाले छात्रवृत्ति, पुस्तकको रकम दुरुपयोग हुन नदिन खाता रोकिएको कार्यालयले बताएको छ ।




Don't Miss
© all rights reserved
made with by netKUTI