Responsive Ad Slot

latest

सामुहिक बलत्कारको मुद्दामा ११ वर्ष कैदको फैसला ।।

Saturday, July 14

/ by Unknown
, कपिलवस्तु असार ३० गते । प्रदीप चौधरी, एक किशोरीलाई सामूहिक बलत्कार गरेकामा कपिलवस्तु जिल्ला अदालतले ५ जनालाई ११ बर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायधिश रामप्रसाद खनालको एकल ईजलाशले उनीहरलाई कैदसहित पीडित युवतीलाई जनही ५० हजार भराई पाउने फैसला गरेको हो ।  मुलकी ऐनको जबरजस्ती करणी महल अनुसार  फैसला गरिएको हो । बाणगंगा गाविस– ७ का ईश्वर केसी, सुजित थापा, वीरेन्द्र नायक क्षेत्री, अञ्जन थापा, तथा गजेहडा – ७ का मनिस खाँडले  २०६७ वैशाख १ गते जंगलमा गंगा राना ( परिवर्तित नाम )लाई सामुहीक बलकात्कार गरेका थिए । ती युवतीको किटानी जाहेरीका आधारमा उनीहरु पक्राउ गरिएको हो । मुद्दाका रवि भन्ने मोहन भाट क्षेत्रीसहित अन्य ५ जना भने फरार रहेका छन् । उनीरुको अदालतले अंश रोक्का गरेका जनाएको छ । स्थानीय मनिष खाँड १६ बर्ष मुनीका भएकाले अदालतले साढे पाँच वर्षको कैद तोकेको थियो । सो मुद्दामा पक्राउ परेका स्थाानीय मोहन केसीले भने सफाई पाएका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI