Responsive Ad Slot

latest

जाजरकोटको भगवती ३ मा एक वर्षदेखि खानेपानीको अभाव ।।

Thursday, July 19

/ by Unknown
रामकुमार शाही, जाजरकोट साउन ४ गते । जाजरकोटको पुर्वि गाविस भगवती–३ अवलगुर्तामा विगत एक वर्षदेखि देखिएको खाने पानीको समस्या अझै सभाधान हुन सकेको छैन । गत साल असारमा आएको पहिरोले करिब ३ किलोमिटर टाढा च्युरी खोलाबाट ल्याएको खानेपानीको पाईपलाईन बगाएपछि खानेपानीको अभाव भएको हो । खानेपानीको अभाव सिर्जना भएपछि स्थानीयबासिन्दाले भेरी नदीको दुषित पानी पिउन बाध्य भएको स्थानीय मोहन बस्नेतले जानकारी दिनुभयो । २०४७ सालमा निर्माण भएको उक्त खानेपानी आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।  समस्याका बारेमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय जाजरकोटमा जानकारी गराएपनि कार्यालयले कुनै पनि पहल नगरेको स्थानियबासिन्दाको भनाइ छ ।

 
Don't Miss
© all rights reserved
made with by netKUTI