इन्द्र बजगाँई, ताप्लेजुङनेपाल टेलिकम ताप्लेजुङल ५५ वटा टेलिफोन लाइन कटौती गरेको छ । काटिएका सवै लाइनहरु व्यक्तिगत रहेको टेलिकमले जनाएको छ । विल गएको लामो समयसम्म पनि रकम भुक्तानी नगरेकाले लाइन काट्न बाध्य भएको टेलिकमका निमित्त प्रमूख विरेन्द्र लिम्वुले बताउनुभयो । विल गए पनि ग्राहकले लाइन जोड्दा राखेको धरौटी रहुन्जेलसम्म कटौती नगरिने भए पनि धरौटी भन्दा ज्यादा विल उठेमा कटौती गरिने प्रावधान छ । यसैविच सरकारी कार्यालयले तिर्न वाँकी रहेको बक्यौक्ता रकममध्ये ६० प्रतिशत असुल भएको पनि लिम्वुले बताउनुभयो ।