काठमाडौ, असार १९ -
संविधानसभाको विघटनपछि दलहरूबीच उत्पन्न अविश्वास हटाउँदै राष्ट्रिय सहमतिको सरकार गठन र संविधानका विवादित विषयमा सहमति जुटाउने छलफल थाल्न माओवादी र कांग्रेस सहमत
भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालाले सोमबार वार्ता गरी मंगलबार नै तीन दल र मधेसी मोर्चाको बैठक बोलाएर छलफल अघि बढाउने सहमति गरेका हुन् ।
कांग्रेस सभापति कोइरालाले तीन दल र मोर्चाको बैठकमा राष्ट्रिय सहमतिको सरकार, बजेट र संविधानका विषयमा समेत छलफल सुरु हुने बताए । जेठ १४ पछि राजनीतिक दलहरूबीचको संवादहीन अवस्था अन्त्य गर्न कांग्रेसले यसअघिसमेत तीन दल र मोर्चाको बैठक राखेको थियो । त्यसैको निरन्तरताका रूपमा मंगलबार दोस्रो बैठक बस्न लागेको हो ।
'उग्रवामपन्थी' र 'उग्रदक्षिणपन्थी' हावी भएर मुलुक नयाँ द्वन्द्वमा जाने खतरा देखेको भन्दै कोइरालाले माओवादी अध्यक्ष दाहाललाई जिम्मेवारीका साथ अघि बढ्न आग्रह गरेका थिए । उनले सहमति छाडेर सरकार लम्ब्याउने दिशामा मात्रै केन्दि्रत नहुन दाहालसँग विशेष आग्रहसमेत गरे । स्रोतका अनुसार भेटवार्तामा दाहाल पनि सरकारका कामकारबाहीप्रति असन्तुष्ट देखिएका थिए ।
'सरकार लम्ब्याउने दिशामा म छँदै छैन, सहमति छाडेर सरकारलाई प्राथमिकता दिने पक्षमा माओवादी छैन,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'राष्ट्रिय सहमतिको सरकार, बजेट, संविधानका विषयमा समेत सहमति खोज्ने गरी वार्ता र संवाद थालौं । यो सरकार लम्ब्याइराख्ने मेरो पनि चाहना पटक्कै होइन ।' अबको राष्ट्रिय सहमतिको सरकार कांग्रेसकै नेतृत्वमा हुने बताउँदै दाहालले त्यसका लागि कोइरालालाई अघि बढ्न आग्रह गरेको स्रोतले बतायो ।
दाहालले राष्ट्रपतिबाट पनि मिलेरै अगाडि बढ्न आफूलाई आग्रह गरेको स्मरण गर्दै दलहरूबीच विश्वासको वातावरण देखिएको उल्लेख गरे । 'राजनीतिक सहमतिबिना अगाडि बढ्न सकिँदैन, सहमतिको विकल्प पनि छैन, राष्ट्रपतिले पनि मलाई सबैलाई मिलाएर अघि बढ्नुहोस् भन्नुभएको छ,' दाहालले संवाददाताहरूसँग भने, 'राष्ट्रिय सहमतिको सरकार, बजेट र संविधानका विषयमा भोलिदेखि नै हामी छलफल गर्छौं । अहिले सुशीलजीसँग पनि यिनै विषयमा छलफल भयो ।'
कोइरालाले निर्वाचन घोषणा गरिसकेको सरकारले राजनीतिक सहमतिविपरीत पूर्ण बजेट ल्याउन नमिल्ने बताउँदै त्यस विषयमा दाहालसँग छलफल भएको बताए । 'गिरिजाबाबुले सुरु गर्नु भएको सहमति, सहकार्य र एकताको बाटोबाटै अघि बढ्न सक्यौं भने हामी सहमतिमा पुग्न सक्छौं,' कोइरालाले भने, 'अहिले मैले त्यही बाटोबाट जानुपर्छ भनेर सबै राजनीतिक दलका नेताहरूसँग आग्रह गरिरहेको छु ।'
कोइरालाले सोमबारै नवगठित नेकपा-माओवादीका नेताहरूसँग पनि छलफल गरेका थिए । कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै दलसँग संवाद थाल्ने निर्णयअनुसारै नेकपा-माओवादीका नेताहरूसँग वार्ता गरिएको बताए । छलफलमा माओवादी नेताहरूले बाबुराम भट्टराई नेतृत्वको सरकार विस्थापित गरी राजनीतिक निकासका लागि गोलमेच सम्मेलन गर्नुपर्ने प्रस्ताव राखेका थिए । सिटौलाका अनुसार सभापति कोइरालाले गोलमेच सम्मेलनको व्यावहारिक कठिनाइबारे आफ्नो धारणा राखेका थिए ।
गोलमेच सम्मेलनमा कसलाई बोलाउने, कसलाई नबोलाउनेदेखि विषयवस्तुमा सहमति जुटाउनसमेत कठिनाइ उत्पन्न हुने कोइरालाको तर्क थियो । छलफलमा भट्टराई नेतृत्वको सरकार असफल भएकाले छिटोभन्दा छिटो विस्थापित गरी राष्ट्रिय संयुक्त अन्तरिम सरकार गठनका लागि गोलमेच सम्मेलन गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको प्रवक्ता पम्फा भुसालले बताइन् ।
भुसालले सरकार विस्थापित गरी सहमतिको राष्ट्रिय सरकार बनाउने र सहमतिबिना पूर्ण बजेट ल्याउन नदिने विषयमा दुई दलबीच कुरा मिलेको बताइन् । भेटमा महासचिव रामबहादुर थापा, उपाध्यक्ष सीपी गजुरेल र सचिव देव गुरुङ पनि थिए ।
यसैबीच कोइरालाले कामचलाउ हैसियतमा रहेको सरकारले निर्वाचनसमेत गराउन नसक्ने बताएका छन् । 'कामचलाउ सरकारले न त चुनाव नै गराउन सक्छ, न त पूर्ण बजेट नै ल्याउन सक्छ,' स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनले भने, 'सहमतिविपरीत ल्याउन खोजिएको पूर्ण बजेट हामीलाई स्वीकार्य छैन ।'