नारायण सापकोटाचितबन साउन १० गते । बिगत २ बर्ष देखि तलबभत्ता नपाएका नबलपरासीको गैडाकोटमा रहेको भृकुटी कागज कारखानामा काम गर्ने कामदार कर्मचारीहरुको आजदेखि चरणबद्ध आन्दोलनमा उत्रीएका छन् । आन्दोलित कर्मचारीहरुले आज कारखाना परिसरमानै पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
कामदारहरुले आज देखी २५ गते सम्म
आन्दोलनका बिभिन्न कार्यक्रमहश्ररु तय गरेका छन् । जस अन्तर्गत सञ्चालक तथा
सरोकारवालाहरुलाई अल्टिमेटम सहितको पत्राचार गर्ने, कोणसभा तथा ¥याली
गर्ने, अन्तरक्रिया गर्ने, सडक सभा तथा चक्काजाम गर्ने र २५ गते सम्म पनि
सम्बन्धित निकायबाट समस्याको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक
गर्ने निर्णय गरेका छन् ।
कर्मचारीहरुले २०६७ देखीको तलब भत्ता
पाउनुपर्ने, कारखाना सञ्चालन गर्नुपर्ने, बिमा तथा संचयकोष रकम
दिनुपर्ने,रोजगारीको ज्ञारेन्टी गर्नुपर्ने लगाएतका ५ बुंदे माग राखेका छन्
। गोल्छा अर्गानाइजेसन संचालक रहेको कारखानाको उत्पादन तत्काल सुचारु
गर्नुपर्ने उनीहरुले माग समेत गरेका छन् ।
पटक पटक संचालनको माग गर्दै आएपनि
संचालनका लागि कुनै पहल नगरेको उनीहरुको भनाई छ । उता संचालकको तर्फवाट
कम्पनी रेखदेख गर्दै आएका ऐके ठाकुरले भने आर्थिक मन्दीका कारण कारखानाको
उत्पादन गरिएको जानकारी दिनुभयो ।कारखानाको विद्युत, टेलिफोन, पानी
पुर्णरुपमा काटिएको छ । लामो समय सम्म वक्यौता रकम नतिरेपछि कारखानाको
विद्युत, टेलिफोन, पानी लगायतका सरकारी सेवा सुविद्या काटिएको हो ।
नेपालकै सबैभन्दा ठुलो कागज कारखाना
रहेका अस्थायी २२ जना, करारमा काम गर्ने ४४ जना र परीक्षण स्थायी पाएका ९२
जना बेरोजागर भएका छन् कारखाना बन्द भएपछि वर्षांैदेखि काम गर्दै आएका तीन
सय ३० जना कामदारको भविष्य अन्योलपूर्ण बनेको छ ।