जीतेन्द्रप्रसाद सिंह जनकपुरधाम साउन १५ गते !!!!आज साउन १५ अर्थात खीर खाने दिन । नेपालीहरुले खीर खाएर साउन १५ मा रमाइलो गर्ने प्रचलन छ । नेपाली संस्कृतिमा असार १५ गते दहि चिउरा खानु, साउनको १५ मा खीर खानु भन्ने मान्यता छ । आफ्ना परिवार, आफन्त, छिमेक, ईष्टमित्रसंग बसेर रमाईलो गरी खीर खाएर यस पर्व मनाईदैछ । कृषी प्रधान देश भएको र बहुसङ्ख्यक नेपाली कृषी पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियालीस्वरुप खीर खाने परम्परा बसेको संस्कृतिविद्को धारणा छ ।