प्रनित पुडासैनी,
झापा असार १८ गते । झापामा एचआईभी एड्सका
हालसम्म १४ जनाको मृत्यु भएको एक तथ्याङ्कले देखाएको छ । जिल्ला जनस्वाथ्य
कार्यलय झापाका ब्रिजेश मेहेताका अनुसार यो वर्षमात्रै झापामा दुई सय पुरुष
र एक सय ३९ महिलामा एचआईभीको संक्रमण देखिएको छ ।
जसमध्ये ४८ जनामा एड्स भईसकेकोे छ ।
झापामा १५ बटा संगठनले तथ्याङक संकलन सुरु गरे यता एडसका कारण १४ जनाले
ज्यान गुमाई सकेको बताइएको छ ।