Responsive Ad Slot

latest

राजधानीमा आजदेखि जनजाति सम्मेलन हुदै ।

Wednesday, July 4

/ by Admin BHOLA THAPA
काठमान्डौ असार २० गते । मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण र निकासको लागि साझा अवधारणा तय गर्न आदिवासी जनाजतिहरुको राष्टिय सम्मेलन आजबाट राजधानी सुरु हुँदैछ । दुई दिने सम्मेलनले जातीय पहिचानसहितको सङ्घीयता सुनिश्चितताका लागि भावी रणनीति तय गरिने नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ । पूर्व आदिवासी जनजाति ककस, जनजाति महासङ्घ, राष्टिय आदिवासी जनजाति महिला महासङ्घलगायतको संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न देशभरका एक हजारभन्दा बढी जनजाति अधिकारकर्मीहरुको सहभागिता रहने बताइएको छ ।
सम्मेलनमा डा. चैतन्य सुब्बा, डा. कृष्णभट्टचन लगायतले कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ । सम्मेलनबाट आदिवासी जनजाति लगायत उत्पीडित समुदायको सवाललाई उठान गर्ने राजनीतिक दलको स्थापनाको बारेमा समेत औपचारिक निर्णय गरिने स्रोतले बताएको छ ।
पहिचानसहितको सङ्घीयताका विषयमा काङ्ग्रेस र एमालेमा आदिवासी जनजाति नेताहरुले पार्टी नेतृत्व समक्ष फरक मत राख्दै तत्काल सम्बोधन नगरे पार्टी परित्याग गर्नेसम्मका चेतावनी दिँदै आएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI