Responsive Ad Slot

latest

ललितपुरमा सर्वपक्षीय महासभा ।।

Friday, July 13

/ by Unknown
    काठमाडौं  असार २९  गते । सद्भावना पार्टीले राष्ट्रिय समस्याको निकासको बारेमा छलफल गर्न आजदेखि ललितपुरमा सर्वपक्षीय महासभा आयोजना गर्दैछ । सदभावना पार्टी अध्यक्ष तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री राजेन्द्र महतोले महासभामा सङ्घीय ढाँचा, न्यायपालिका, शासकीय स्वरूप र निवार्चन पद्धति कस्तो हुने भन्नेबारे छलफल हुने बताउनुभयो । महासभामा सबै दलका अध्यक्ष, दलीय प्रतिनिधि, पूर्व सभासद्, नेता, आदिवासी, जनजातिसँग सम्बन्धित सङ्घसंस्थाका गरी करिब ४ सय ५० जनाको सहभागी रहने बताइएको छ । स्टाफ कलेजमा विहान १० बजेपछि सुरु हुने कार्यक्रमबाट अहिलेको राजनीतिक संकट निकासको बाटो पहिल्याउने बारेमा धारणा तय हुने नेता लक्ष्मणलालक कर्णले जानकारी दिनुभयो

Don't Miss
© all rights reserved
made with by netKUTI